2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

उडिरहेको बाजको पन्जाबाट जब जिउँदो सर्प मानिसमाथि बज्रियो

साउन २४, काठमाडौँ | अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ। सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो। घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगीसँग गत महिना उक्त अकल्पनीय घटना भयो। केही बेरअघिसम्म कालको मुखमा परेको सर्प उनीमाथि खसेपछि आत्तिएर त्यो उनीमाथि जाइ लाग्यो भने आफ्नो पन्जामा परिसकेको आहार फुत्किएपछि रिसाएको उक्त सिकारी पक्षीले पनि उनलाई झम्टियो।

सर्पले पेगी जोन्सको पाखुरामा बेरिएर उनको अनुहारतिर डस्न खोज्यो भने बाजले उनलाई बारम्बार चिथोर्‍यो। उक्त भयानक घटनामा जोन्सको पाखुरा र अनुहारमा चोट लागेको थियो। यो घटना जुलाई २५ मा लुइजियानाको सीमानजिकै टेक्ससको सिल्स्बीमा भएको हो। आकाशबाट सर्प खसेपछि पेगी जोन्सले त्यसलाई आफ्नो शरीरबाट हटाउनुअघि नै बाजले उनलाई झम्टिन थालेको थियो।

“मैले हात झट्कारेर सर्पलाई पर हुत्त्याउन खोजेकी थिएँ तर त्यो त मेरो पाखुरामा पो बेरियो,” उनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग भनिन्।

“सर्पले मेरो अनुहारमा डस्न खोजिरहेको थियो। मेरो चस्मामा धेरै पटक आक्रमण गर्‍यो। मैले हात झट्कारिरहेँ, उसले डस्न खोजिरहेको थियो र मेरो हातमा झुन्डिइरह्यो,” उनले भनिन्।

रूखमुनि नभई खुला ठाउँमा भएका कारण आकाशबाट कुनै सिकारी चराले नै सर्प खसाएको उनलाई लागेको थियो। तत्काल बाजले आक्रमण गर्न थालेपछि उनको अनुमान सही प्रमाणित भयो।

“जुन गतिमा सर्प बज्रियो त्यही गतिमा बाज झुल्कियो,” उनले भनिन्।

“बाजले मेरो पाखुरामा बेरिएको सर्पलाई अँठ्यायो र पाखुरै थुतेर लैजाला जसरी जोडले तान्यो। बाजले सर्प थुतिसकेपछि मेरो पाखुरा पनि हुत्तियो,” उनले भनिन्।

उनको पाखुराबाट सर्प फुत्काउन बाजले निकै सङ्घर्ष गर्नुपरेको थियो। आफ्नो आहार थुत्ने क्रममा पेगी जोन्सलाई बाजले कैयौँ ठाउँमा चिथोर्‍यो।

बाजले सर्प खोसेर लगेको घटना सुनेर छक्क परेका उनका पतिले जोन्सलाई अस्पताल दौडाए।

“मेरो शरीरमा कैयौँ ठाउँमा काटेको थियो, चिथोरेका आला डाम र गम्भीर चोटहरू थिए,” उनले भनिन्। उनका अनुसार सर्पले उनको अनुहारमा आक्रमण गर्दा चस्मा पनि बिग्रिएको थियो।

जोन्स उक्त घटनालाई भयानक मान्छिन्। सर्प र बाज दुवैले आक्रमण गर्दा आफूलाई मरिन्छ जस्तो लागेको उनी बताउँछिन्। त्यसपछि उनी अनिद्राको सिकार भएकी छन्।

टेक्ससको ग्रामीण भेगमा बस्ने उनका अनुसार जङ्गली जनावरहरूसँगको जम्काभेट उनका लागि नौलो कुरो होइन।

“मैले बाजले सर्प बोकेर उडेको पनि देखेकी थिएँ। तिनले त्यसो गर्छन् र आफ्नो सिकार त्यसरी नै मार्छन् भन्ने पनि थाहा थियो,” उनले भनिन्।

तर यो घटना अब उनले अब कहिल्यै बिर्सिने छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने