2026-09-03 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

उडिरहेको बाजको पन्जाबाट जब जिउँदो सर्प मानिसमाथि बज्रियो

साउन २४, काठमाडौँ | अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ। सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो। घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगीसँग गत महिना उक्त अकल्पनीय घटना भयो। केही बेरअघिसम्म कालको मुखमा परेको सर्प उनीमाथि खसेपछि आत्तिएर त्यो उनीमाथि जाइ लाग्यो भने आफ्नो पन्जामा परिसकेको आहार फुत्किएपछि रिसाएको उक्त सिकारी पक्षीले पनि उनलाई झम्टियो।

सर्पले पेगी जोन्सको पाखुरामा बेरिएर उनको अनुहारतिर डस्न खोज्यो भने बाजले उनलाई बारम्बार चिथोर्‍यो। उक्त भयानक घटनामा जोन्सको पाखुरा र अनुहारमा चोट लागेको थियो। यो घटना जुलाई २५ मा लुइजियानाको सीमानजिकै टेक्ससको सिल्स्बीमा भएको हो। आकाशबाट सर्प खसेपछि पेगी जोन्सले त्यसलाई आफ्नो शरीरबाट हटाउनुअघि नै बाजले उनलाई झम्टिन थालेको थियो।

“मैले हात झट्कारेर सर्पलाई पर हुत्त्याउन खोजेकी थिएँ तर त्यो त मेरो पाखुरामा पो बेरियो,” उनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग भनिन्।

“सर्पले मेरो अनुहारमा डस्न खोजिरहेको थियो। मेरो चस्मामा धेरै पटक आक्रमण गर्‍यो। मैले हात झट्कारिरहेँ, उसले डस्न खोजिरहेको थियो र मेरो हातमा झुन्डिइरह्यो,” उनले भनिन्।

रूखमुनि नभई खुला ठाउँमा भएका कारण आकाशबाट कुनै सिकारी चराले नै सर्प खसाएको उनलाई लागेको थियो। तत्काल बाजले आक्रमण गर्न थालेपछि उनको अनुमान सही प्रमाणित भयो।

“जुन गतिमा सर्प बज्रियो त्यही गतिमा बाज झुल्कियो,” उनले भनिन्।

“बाजले मेरो पाखुरामा बेरिएको सर्पलाई अँठ्यायो र पाखुरै थुतेर लैजाला जसरी जोडले तान्यो। बाजले सर्प थुतिसकेपछि मेरो पाखुरा पनि हुत्तियो,” उनले भनिन्।

उनको पाखुराबाट सर्प फुत्काउन बाजले निकै सङ्घर्ष गर्नुपरेको थियो। आफ्नो आहार थुत्ने क्रममा पेगी जोन्सलाई बाजले कैयौँ ठाउँमा चिथोर्‍यो।

बाजले सर्प खोसेर लगेको घटना सुनेर छक्क परेका उनका पतिले जोन्सलाई अस्पताल दौडाए।

“मेरो शरीरमा कैयौँ ठाउँमा काटेको थियो, चिथोरेका आला डाम र गम्भीर चोटहरू थिए,” उनले भनिन्। उनका अनुसार सर्पले उनको अनुहारमा आक्रमण गर्दा चस्मा पनि बिग्रिएको थियो।

जोन्स उक्त घटनालाई भयानक मान्छिन्। सर्प र बाज दुवैले आक्रमण गर्दा आफूलाई मरिन्छ जस्तो लागेको उनी बताउँछिन्। त्यसपछि उनी अनिद्राको सिकार भएकी छन्।

टेक्ससको ग्रामीण भेगमा बस्ने उनका अनुसार जङ्गली जनावरहरूसँगको जम्काभेट उनका लागि नौलो कुरो होइन।

“मैले बाजले सर्प बोकेर उडेको पनि देखेकी थिएँ। तिनले त्यसो गर्छन् र आफ्नो सिकार त्यसरी नै मार्छन् भन्ने पनि थाहा थियो,” उनले भनिन्।

तर यो घटना अब उनले अब कहिल्यै बिर्सिने छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही