2026-09-03 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

शुक्रकिट र डिम्ब तथा पाठेघरविनै वैज्ञानिकले बनाए मानव भ्रूण

एजेन्सी | वैज्ञानिकहरूले शुक्रकीट, डिम्ब तथा पाठेघरको प्रयोग नगरी प्रारम्भिक मानव भ्रूणसँग मिल्दोजुल्दो एक अस्तित्व बनाएका छन्। 

इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रूणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन् ।

प्रयोगशालामा तयार पारिएको सो भ्रूणले हर्मोनहरु समेत उत्सर्जन गरेको र गर्भ परीक्षणमा समेत पोजेटिभ देखिएको थियो । यो भ्रूणको विकासका लागि शुक्रकिट र डिम्बको साटो सुरुवाती पदार्थको रुपमा स्टेम कोशिकाको प्रयोग गरिएको थियो जुन कोशिकाहरु सरीरका जुनसुकै तन्तुमा विकास हुनसक्छन् ।

वैज्ञानिकहरुले प्रयोगशालामा कृत्रिम मानव भ्रूणको मोडेल तयार पार्नुको उद्देश्य हाम्रो जीवनको सुरुवाती क्षणहरुको बारेमा नैतिक ढंगले बुझ्नमा सहयोग गर्नु रहेको बताइएको छ ।

शुक्रकिट र डिम्बको मिलनपछि गर्भाधारण भएर भ्रूण बन्ने सुरुआती हप्ताहरु निकै नाटकीय परिवर्तनको चरण हो । यस क्रममा सामान्य कोशिकाहरुबाट बच्चा आकारको भ्रूण नै विकास हुन्छ ।

यो बेला भ्रूण खेर जाने वा बच्चामा विभिन्न खालका शारीरिक विकारहरु आउने समय पनि हो । तर यसबारेमा निकै कम मात्रै थाहा हुनछ ।

विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्राध्यापक ज्याकब हान्नाका अनुसार यो चरण ब्लाकबक्स जस्तै हो, जसको बारेमा हामीलाई निकै सीमित मात्रै जानकारी छ ।

भ्रूण अध्ययनको विषय कानुनी, नैतिक तथा प्राविधिक रुपमै जटिल तथा संवेदनशील विषय हो । तर पछिल्लो समयमा प्राकृतिक भ्रूण विकासलाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने प्रविधिको तीव्र विकास भैरहेको छ ।

इजरायली वैज्ञानिकहरुले विकास गरेको पछिल्लो कृत्रिम भ्रूण सुरुआती मानव भ्रूणका सबै प्रमुख संरचनाहरू देखाउने पहिलो पूर्ण स्वरुपको मानव भ्रूणको मोडेल भएको नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख छ ।

प्राध्यापक हान्ना भन्छन्, ‘यो ठ्याक्कै पाठ्यपुस्तकमा छापिने १४ दिनको मानव भ्रूणको तस्वीर जस्तै छ । यस्तो भ्रूणको नमूनाको विकास यसअघि गरिएको थिएन ।’  –बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही