2026-09-03 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

जीवनसाथी खोज्नका लागि जब युवती प्लेकार्ड लिएर सडकमा उत्रिइन्…

एजेन्सी | जिन्दगीमा एकपटक यस्तो समय आउँछ जब हरेक मानिसलाई सुखदु:खमा साथ दिने जीवनसाथीको आवश्यकता महसुस हुन्छ ।

तर आफ्नो मन मिल्ने साथी भेटिनु सजिलो भने छैन र यसका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जति मिहिनेत गर्दा र समय पर्खिंदा पनि मिल्दो जोडी नपाएर खिन्न हुने मान्छेहरु बग्रेल्ती हुन्छन् । यस्तोमा कतिपय मानिसहरुले मिल्दो जोडी खोज्नका लागि विभिन्न इन्टरनेट साइट, सोसल मिडिया तथा डेटिङ एपहरुको समेत सहारा लिन्छन् । तर एक युवतीले भने जोडी खोज्नका लागि अनौठो उपाय अपनाएकी छिन् ।

पछिल्लो २ वर्षदेखि ब्वायफ्रेन्डविहीन रहेकी २९ वर्षीया सेलिब्रेटी युवती क्यारोलिना गेइट्सले लोग्नेको खोजी गर्दै सडकमा प्लेकार्ड लिएर उत्रिएकी छिन् ।

क्यारोलिनालाई पतिको चाहिएको थियो । त्यसैले उनले हातमा प्ले कार्ड बोकिन् र न्युयोर्कको ब्यस्त सडकमा निस्किइन् ।

उनले बोकेको प्लेकार्डमा Looking for a Husband अर्थात् एउटा पतिको खोजी भनेर लेखिएको थियो ।

५ फुट ९ इन्चको कद भएकी सुन्दरी त्यस्तो प्ले कार्ड बोकेर सहरमा घुमिरहेको देख्दा मानिसहरु अचम्ममा परे ।

स्थानीय सञ्चार माध्यमसँग बोल्दै उनले भनेकी छिन्, ‘मैले एउटा साइनबोर्ड बनाउने निर्णय गरें, जसमा पतिको खोजी लेखिएको होस् । त्यो प्लेकार्ड बोकेर सहरमा घुम्दा त्यसले काम गर्छ कि गर्दैन भन्ने मलाई हेर्नु थियो ।’

टिन्डर तथा हिन्ज जस्ता डेटिंग एपहरुमा गैरबफादार पुरुषहरुसँग महिनौं खेर फालेसँगै उनी आफ्नो असल जीवनसाथी खोज्नका लागि प्लेकार्ड बोकेर सडकमा उत्रिएकी हुन् ।

उनले भनेकी छिन्, ‘मलाई लाग्छ कि यदि मैले आफूले चाहेको चिजका लागि वास्तविक संकेत दिन्छु भने भगवानले पनि त्यसलाई सुनेर पूरा गरिदिनेछन् ।’

३० मिनेटमै भेटिए पहिलो व्यक्ति !

सोमबार टिकटकमा शेयर गरिएको उक्त भाइरल भिडियो क्लिपमा क्यारोलिन एउटा चम्किलो टप्स तथा जिन्स पहिरिएर हातमा प्लेकार्ड बोकी सडकमा घुमिरहेको देखिन्छ ।

त्यसरी घुम्ने क्रममा उनले सडकमा हिँडिरहेकामध्ये एकजना युवकसँग फोन नम्बर साटासाट गरेको बताएकी छिन् ।

साथै त्यो युवकसँग केही दिनदेखि आफ्नो कुराकानी पनि भैरहेको उनले खुलासा गरेकी छिन् ।

सडकमा प्लेकार्ड लिएर घुमेको ३० मिनेटमै सो युवकसँग उनको भेट भएको थियो । यद्यपि उनले उक्त युवकको नाम खुलाएकी छैनिन् । उनी भन्छिन्, ‘अहिले हामीहरुले एक अर्कालाई बुझिरहेका छौं । सबैकुरा नयाँ छ । चिज कहाँसम्म जान्छ हामीले हेर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही