७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

साढे १२ सय किलोको फर्सी फलाएर विश्व कीर्तिमान !

२५ आश्विन २०८०, बिहीबार ११:१२

एजेन्सी | अमेरिकाको मिनिसोटास्थित एकजना बागबानी शिक्षकले सबैभन्दा ठूलो फर्सी फलाएर विश्व कीर्तिमान कायम गरेका छन् । उनले फलाएको फर्सीको तौल १२ सय ४७ केजी छ ।

क्यालिफोर्नियामा भएको ५० औं विश्व फर्सी च्याम्पियनसीपमा यो पटक मिनिसोटास्थित आनोकाका बागबानी शिक्षक तथा किसान ट्राभिस गिन्जरले फलाएको फर्सीले उपाधि जितेको छ ।

यो भीमकाय सुन्तला रंगको फर्सीलाई कम्तिमा ६८७ वटा गोलाकार टुक्रामा काट्न सकिन्छ ।


आफुले त्यति ठूलो फर्सी फलाएर किर्तिमान कायम गर्न सकुँला भनेर कुनै अपेक्षा नरहेको र अहिले निकै खुसी भएको ४३ वर्षीय गिन्जर बताउँछन् ।

पछिल्लो ३० वर्षदेखि फर्सी फलाउँदै आएका उनले गत वर्षसमेत अमेरिकाको सबैभन्दा ठूलो फर्सी फलाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

स्मरण रहोस् यसअघि विश्वको सबैभन्दा ठूलो फर्सीको विश्व कीर्तिमान इटालीका किसानको नाममा थियो । सन् २०२१ मा इटालीमा १२ सय २६ केजीको फर्सी फलेको थियो ।

इटालीयन फर्सीको कीर्तिमान भंग गरेका गिन्जरले यो पटक संसारकै ठूलो फर्सी फलाउनका लागि निकै मेहेनत गरे । उनले आफ्नो घर छेउमा रहेको करेसाबारीमा रोपेको फर्सीलाई निकै स्याहारसुसार गरे । दिनको १२ पटकसम्म पानी हाल्नुका साथै सधैभन्दा बढि मल तथा गोडमेल गरे ।

आनोका टेक्निकल कलेजमा बागबानी शिक्षक रहेका गिन्जरको घरमा फर्सी फलाउने पुस्तौनी काम हो । उनका बुवाले पनि फर्सीको खेती गर्दथे ।

त्यसैले गिन्जरले किशोरावस्थादेखि नै घरमा फर्सीको खेती सुरु गरेका थिए । तर फर्सी च्याम्पियनसीपमा भने उनी पहिलोपटक सन् २०२० मा मात्र सहभागी भएका थिए ।

यो पटक कीर्तिमानी फर्सीसँगै च्याम्पियनसीपमा उपाधि जितेसँगै उनले ३० हजार डलर पुरस्कार पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो