७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

२९ आश्विन २०८०, सोमबार १२:१२

एजेन्सी | भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् ।

काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो लगाइदिए ।

केटीहरुले चुरोट पिएको आफूलाई मन नपर्ने हुनाले क्याफेमा आगजनी गरेको ती व्यक्तिले पुलिससामु बयान दिएका छन् ।


समाचार अनुसार इन्दोरको स्काइ कर्पोरेट क्षेत्रको नजिकै रहेको उक्त क्याफेमा आएर केटीहरुले समेत चुरोट पिउने गर्दथे ।

कुनै केटीले चुरोट पिएको ती व्यक्तिलाई कत्तिपनि मन पर्दैनथ्यो, जसका कारण उनले आगो लगाइदिएर भागे । क्याफे सञ्चालकले सीसीटीभी फुटेज निकालेर हेर्दा ती व्यक्तिले आगजनी गरेको पत्ता लागेको हो ।

प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । ती व्यक्तिको नाम चाहिं खुलाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि