२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

महिलासँग डरलाग्ने अनौठो रोग, ५५ वर्षदेखि तारबार लगाएर घरभित्रै छन् यी व्यक्ति

२०८०, १ कार्तिक बुधबार ०८:२६

कार्तिक १, काठमाडौँ | संसारमा कतिपय मानिसहरुमा अनेक खालका वस्तु तथा विषयहरुसँग डर लाग्ने अनौठो समस्या हुन्छ । कसैलाई पानीसँग डर लाग्छ भने कोही नयाँ मान्छेसँग भेटघाट गर्न डराउँछन् । अफ्रिकी महादेशको रुवान्डा देशका एकजना पुरुषलाई भने महिलासँग डर लाग्ने अनौठो समस्या छ।

७१ वर्षका क्यालिट्जे जामावितालार्य महिलासँग यतिधेरै डर लाग्छ कि उनी पछिल्लो ५५ वर्षदेखि महिलासँग लुकेर बसिरहेका छन् ।


कोही पनि महिलालाई नदेखियोस् र नभेटियोस् भन्नका लागि उनी १६ वर्षको उमेरदेखि आफ्नै घेरभित्र बन्दी बनिरहेका छन् । आफ्नो अगाडि कुनै पनि महिलालाई आउन नदिनका लागि उनले घरको चारैतर्फ १५ फुटको दूरीमा तारबार लगाएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुसँग उनकी एक छिमेकी महिलाले बताए अनुसार क्यालिट्जे बच्चा हुँदाको बेलादेखि नै आफ्नो घरबाट विरलै निस्कने गर्दथे । तर अनौठो त के भने महिलासँग डराउने रोग रहेका ती वृद्ध महिलाकै कारण आजसम्म जीवित छन् ।

ती महिला भन्छिन्, ‘अनौठो कुरा छ । भलै उनी महिलाहरुसँग डराउँछन् तर हामीले नै उनलाई खानेकुरा दिन्छौं । उनी हाम्रो नजिक आउन मन पराउँदैनन् त्यसैले हामीले उनको घरमा लगेर खानेकुरा फ्याँकिदिन्छौं र हामी बाहिर निस्केपछि उनी आएर त्यो खानेकुरा उठाएर लग्दछन् । उनी हामीलाई आफ्नो नजिक आउन दिँदैनन् । तरपनि हामीले जे दिएता पनि उनले टाढैबाट लिन्छन् र खान्छन् ।’

आफ्नो घर बाहिरको तारबार नजिकै कुनै महिलालाई देख्दा समेत उनी दौडिएर घरभित्र जान्छन् र ढोका बन्द गरेर लुक्छन् । क्यालिट्जेलाई भएको यो मनोवैज्ञानिक रोगलाई वैज्ञानिक भाषामा गाइनोफोबिया भनिन्छ । यसमा मानिसलाई महिलादेखि डर लाग्छ । गाइनोफोबियाका लक्षणहरुमा महिलाहरुसँग अत्यधिक डर लाग्नुका साथै महिलाका बारेमा सोंच्दा मात्रैपनि त्रास उत्पन्न हुने समस्या देखिन्छ ।

चिन्ता तथा डरका कारण यो फोबियाले दैनिक जिवनमा पनि निकै समस्या उत्पन्न गर्दछ । यो फोबियाबाट पीडित मानिसहरुमा प्यानिक अट्याक, छाति दुख्ने, अत्यधिक पसिना आउने, मुटुको धड्कन बढ्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या आउने गर्दछन् । त्यस्तै अन्य लक्षणहरुमा पेट दुख्ने, पखाला लाग्ने तथा महिलाहरुको नजिक हुँदा वा महिलाहरुको बारेमा सोंच्दा बेहोसी महसुस हुने लगायतका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा