१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

ठगीको अनौठो टेक्निक: रेष्टुरेन्टको बिल हेर्ने बित्तिकै हृदयाघातको नाटक

१ कार्तिक २०८०, बुधबार १२:०६

एजेन्सी | ठगी गर्नका लागि दुनियाँभरका ठगहरु अनेक खालका उपाय अपनाउने गर्छन् । स्पेनमा एक व्यक्तिले अनौठो टेक्निक अपनाउँदै त्यहाँका २० वटा रेष्टुरेन्टमा ठगी गर्न सफल भएका छन् ।

ती व्यक्तिले खास जुक्ति लगाउँदै रेष्टुरेन्टको बिल तिर्नबाट बच्ने गरेका थिए । तर उनको त्यो ठगी धन्दा धेरै समयसम्म लुक्न सकेन र अन्ततः उनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नाम नखुलाइएका ती व्यक्ति लिथुआनियाका नागरिक हुन् । ५० वर्षीय ती पुरुषले हृदयाघात भएको नाटक गर्दै कम्तिमा पनि २० वटा रेष्टुरेन्टमा ठगी गरेका छन् । उनले ठगी गरेका अधिकांश रेष्टुरेन्ट स्पेनको कोस्टा ब्लेंका क्षेत्रका रहेका छन् ।


ती व्यक्तिले जुनसुकै रेष्टुरेन्टमा गएर सुरुमा खाना तथा ड्रिंक्स अर्डर दिन्थे र मज्जाले खानपिन गर्दथे । तर जब बिल तिरेर निस्कने बेला आउँथ्यो उनको वास्तविक खेल सुरु हुन्थ्यो । उनी अचानक छाति समाउँदै बेहोस भएको र लडेको जस्तो नाटक गर्दथे कि उनलाई हृदयाघात भएको जस्तो लाग्थ्यो ।

हृदयाघात भएर लडेको ठानिएका ती व्यक्तिलाई त्यसपछि उपचारका लागि अस्पताल लगिन्थ्यो, जसका कारण उनले उक्त रेष्टुरेन्टमा केही अगाडिसम्म खानपिन गरेको बिल तिर्नु पर्दैनथ्यो ।

उनले २० वटा भन्दा धेरै रेष्टुरेन्टमा गएर यस्तै नाटक गर्दै ठगी गरिरहे । तर एकजना रेष्टुरेन्ट सञ्चालकलाई उनको यस्तो व्यवहारप्रति शंका लागेपछि कर्तुत पर्दाफास भयो । यद्यपि उनले त्यहाँ पनि उस्तै नाटकको भरमा बिल तिरेका थिएनन् । तर रेष्टुरेन्ट मालिकले अन्य स्थानीय रेष्टुरेन्टहरुलाई ती व्यक्तिको हृदयाघातको जालमा नफस्न चेतावनी दिएर उनको तस्वीर शेयर गरे ।

त्यसपछि गत महिना उनी एलिकान्टेमा रहेको एल ब्यून कमर रेष्टुरेन्टमा पुगे । त्यहाँ उनले मनग्गे सीफूडसँगै ह्वीस्कीको चुस्की पनि लिए । उनको खानपिनको बिल ३४.८५ युरो उठेछ । जब वेटरले उक्त बिल ती व्यक्तिलाई थमाउन थाले तब उनी उठेर बाहिर जान थाले ।

बाहिर जान थालेपछि रेष्टुरेन्टका कर्मचारीहरुले उनलाई रोक्न थाल्दा उनले आफ्नो होटलको कोठामा पैसा लिन जान लागेको बताए । तर, कर्मचारीहरुले उनलाई बाहिर निस्किन नदिएपछि उनले  हृदयाघात भएको नाटक सुरु गरे ।

उक्त  रेष्टुरेन्टका म्यानेजरका अनुसार उनी प्रष्टै रुपमा नाटक गरिरहेका थिए र अचानक भुईंमा ढले । तर, उनको नाटकले त्यहाँ काम गरेन ।

रेष्टुरेन्टका कर्मचारीले एम्बुलेन्स बोलाउनुको साटो पुलिसलाई खबर गरे । पुलिस अधिकारीहरु आफ्नो अगाडि आउँदासमेत उनलाई आफ्नो कर्तुतको खुलासा भएको पत्तो थिएन र उनले उल्टै एम्बुलेन्स बोलाउन आग्रह गरिरहेका थिए ।

अन्ततः पुलिसले उनलाई पक्राउ गरेको छ । उनीबाट ठगिएका सबै रेष्टुुरेन्ट सञ्चालकहरुले उनीविरुद्ध प्रहरीमा सामूहिक उजुरी दिने तयारी गरिरहेको बताइएको छ ।

उनलाई ठगीको आरोपमा दुई वर्षसम्मको जेल सजाय हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते