१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

श्रीमानबाट पैसा धुत्न आफ्नै २ वर्षीय छोराको अपहरणको नाटक गरेपछि….

३ मंसिर २०८०, आईतवार ०७:३०

एजेन्सी | एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षीय  छोराको अपहरणको नाटक गरेकी छिन् । नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको खबर आगो झैँ फैलियो । मोटरसाइकलमा हेलमेट लगाएर आएका २ जनाले सडकमा आमासँग हिँडिरहेको बालकलाई आमाको हातबाट थुतेर लगे ।


प्रहरी घटनास्थलमा आएर आमासँग सोधपुछ गरे । अपहरणमा परेको बच्चाको हुलियासँग मिल्ने एक बालकलाई देखेको भन्दै प्रहरीमा जानकारी आयो । प्रहरी उक्त अपार्टमेन्टमा पुग्दा बच्चा उसकै आमाको साथीसँग रहेको थाहा भयो । बालककी आमाले १७ वर्षीय आफ्नो साथीलाई केही दिन बच्चालाई हेरिदिन अनुरोध गरेकी थिइन् । सोही अनुरोध मानेर युवाले बालकलाई आफ्नो घर ल्याए । अपहरणमा परेको भन्ने बालक आफ्नो घरमा देखेपछि युवाको आमाले प्रहरीलाई खबर गरिदिइन् ।

छोराको अपहरणको नाटक गरेर महिलाले बच्चाको पितासँग ६ करोड पेसो (१४ हजार ७०० डलर) उम्काउन खोजेकी थिइन् । अपहरणको बेलामा बच्चाको मातापिता सँगै थिए कि थिएनन् भन्ने स्पष्ट छैन । बालक अहिले आफ्नो पिताको संरक्षणमा रहेको र आमा जेलमा अभियोगको सजाय कुरिरहेको भन्दै कोलम्बियन सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार