2026-09-03 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

श्रीमानबाट पैसा धुत्न आफ्नै २ वर्षीय छोराको अपहरणको नाटक गरेपछि….

एजेन्सी | एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षीय  छोराको अपहरणको नाटक गरेकी छिन् । नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको खबर आगो झैँ फैलियो । मोटरसाइकलमा हेलमेट लगाएर आएका २ जनाले सडकमा आमासँग हिँडिरहेको बालकलाई आमाको हातबाट थुतेर लगे ।

प्रहरी घटनास्थलमा आएर आमासँग सोधपुछ गरे । अपहरणमा परेको बच्चाको हुलियासँग मिल्ने एक बालकलाई देखेको भन्दै प्रहरीमा जानकारी आयो । प्रहरी उक्त अपार्टमेन्टमा पुग्दा बच्चा उसकै आमाको साथीसँग रहेको थाहा भयो । बालककी आमाले १७ वर्षीय आफ्नो साथीलाई केही दिन बच्चालाई हेरिदिन अनुरोध गरेकी थिइन् । सोही अनुरोध मानेर युवाले बालकलाई आफ्नो घर ल्याए । अपहरणमा परेको भन्ने बालक आफ्नो घरमा देखेपछि युवाको आमाले प्रहरीलाई खबर गरिदिइन् ।

छोराको अपहरणको नाटक गरेर महिलाले बच्चाको पितासँग ६ करोड पेसो (१४ हजार ७०० डलर) उम्काउन खोजेकी थिइन् । अपहरणको बेलामा बच्चाको मातापिता सँगै थिए कि थिएनन् भन्ने स्पष्ट छैन । बालक अहिले आफ्नो पिताको संरक्षणमा रहेको र आमा जेलमा अभियोगको सजाय कुरिरहेको भन्दै कोलम्बियन सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही