2026-09-03 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

यी रोचक तथ्य: जान्दा झन् अचम्म !

काठमाडौँ | के तपाईंलाई थाहा छ ? विश्व प्रख्यात तस्बिर ‘मोनालिसा’ मा आँखिभौं छैनन् । बिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछ । यस्तै–यस्तै अनौठा अनि रोचक कुराहरू तपाईँ हाम्रै सामुन्ने भैरहेका हुन्छन् । तर हामीले त्यसलाई मतलब गर्दैनौं । हामी सबै आ–आफ्नै जीवनमा व्यस्त छौं । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौं । 

जान्नुहोस् यी रोचक तथ्य :

१. छेपारोले एकैसाथ दुई आँखाले दुई फरक दिशातिरको वस्तु देख्छ ।

२. खाना पचाउनका लागि पेटमा उत्पादन हुने एसिडले फलाम पगाल्छ ।

३. मह शताब्दीसम्म पनि कुहिँदैन ।

४. शंखेकीरा ३ वर्षसम्म निदाएको निदाइरहनसक्छ ।

५. पानी नखाएर उँटभन्दा जिराफ बढी बाँच्नसक्छ ।

६. स्याउ, बदाम, आरू र चेरी गुलाब वर्गभित्र पर्छन् ।

७. एक सार्क माछाको जीवनकालमा झर्दै र उम्रँदै गर्दा ३० हजार दाँत फेरिन्छन् ।

८. दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने एक जनाको सिरानीको खोल बन्छ ।

९. विश्व प्रख्यात तस्बिर ‘मोनालिसा’ मा आँखिभौं छैनन् ।

१०. सामुद्रिक प्राणी अक्टोपसका तीनवटा मुटु, नौवटा दिमाग हुन्छन् ।

११. एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ पुल भरिने थुक उत्पादन गर्छ ।

१२. विश्वको सबैभन्दा ठूलो रोजगारदाता ३० लाख जना रोजगार रहेको अमेरिकाको रक्षा मन्त्रालय हो ।

१३. एक जना मानिसको शरीरमा जीवनभर जम्मा हुने बोसोबाट दुई कार्टुन साबुन बनाउन सकिन्छ ।

१४. सलाई भन्दा १० वर्षअगाडि नै लाइटरको आविस्कार भएको थियो ।

१५. मानिसको शरीरमा व्यान, उदान, प्राण, समान, अपान गरी पाँचवटा प्राण हुन्छन् ।

१६. मानिसको उत्पत्ति अफ्रिकामा भएको हो । त्यहाँबाट संसारभर फैलिएको हो ।

१७. हिमालय पर्वत सबैभन्दा कान्छो पर्वतमाला हो ।

१८. युरेसियन प्लेट इन्डोअस्ट्रेलियन प्लेट एकापसमा जुध्दा टेथिस सागरको पिँध माथि उठेर नेपाल बनेको हो ।

१९. दक्षिण एसियामा सबैभन्दा पहिले बिजुली निकाल्ने मुलुक नेपाल हो ।

२०. सगरमाथा हरेक वर्ष २ मिलिमिटर अग्लो हुँदै गइरहेको छ ।

२१. अस्ट्रिचको दिमागभन्दा आँखा ठूलो हुन्छ ।

२२. जिराफले आफ्नो कान सफा गर्न २१ इन्चको जीब्रो प्रयोग गर्छन् ।

२३. हात्ती मात्र एउटा यस्तो स्तनधारी प्राणी हो जो उफ्रिन सक्दैन ।

२४. बिरालोले आफ्नो ६६ प्रतिशत जीवन सुतेरै बिताउँछ ।

२५. चराचुरुङ्गीले खानेकुरा निल्नको लागि गुरुत्वबलको सहायता लिन्छन् ।

२६. स्ट्रबेरीमा भन्दा कागतीमा चिनीको मात्रा बढी हुन्छ ।

२७. पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।

२८. एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।

२९. उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।

३०. दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही