2026-09-02 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

शंकाको कारण श्रीमतीको गुप्तांगमा किला ठोकी ताला लगाउने एक नेपाली पक्राउ !

जेठ ६, काठमाडौं । महाराष्ट्रको पिम्परी-चिन्चवडमा एक ३० वर्षीय नेपाली नागरिकले आफ्नी २८ वर्षीया श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेको घटना सार्वजनिक भएको छ । अभियुक्तले आफ्नी श्रीमतीको अरु कसैसँग सम्बन्ध रहेको आशंका गरेका थिए ।

यही आशंकाका कारण उनले धारिलो ब्लेडले श्रीमतीको गुप्तांग छेडेर दुईवटा फलामको कीला ठोकेर त्यहाँ पितलको ताला लगाइदिए ।

गत मे ११ का दिन यी व्यक्तिले आफ्नी श्रीमतीको अर्कैसँग प्रेम सम्बन्ध रहेको आशंकामा आफ्नी श्रीमतीलाई कुटपिट गरी हात खुट्टा बाँधेका थिए । यसपछि आरोपीले धारिलो ब्लेड लिएर श्रीमतीको गुप्तांगमा दुईवटा प्वाल बनाएर फलामको कीला हाले अनि त्यसमा ताला लगाए ।

भारतीय सन्चारमध्यमका अनुसार यसपछि पनि उनले आफ्नो क्रूरता जारी राखे र श्रीमतीलाई कुटपिट गरिरहे । महिलाले मद्दतको लागि चिच्याउन थालिन् र भुइँमा रगतले लतपत अवस्थामा पीडाले कराउन थालिन् ।

महिलालाई अस्पताल लगिएको थियो जहाँ उनको अहिले उपचार भइरहेको छ । महिला गम्भीर घाइते भए पनि पछि उनले प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । पीडक र पीडित नेपाली नागरिक भएको खुलाईए पनि घटना संवेदनशील भएको हुनाले थप पहिचान खुलाइएको छैन ।

आरोपी नेपाली युवा चौकीदारको काम गर्छन् भने महिला गृहिणी हुन् । भारतीय दण्ड संहिता (आईपीसी) को विभिन्न धाराहरू अन्तर्गत अभियुक्रू विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

धारा ३२६ (जानाजान खतरनाक हतियार वा माध्यमबाट गम्भीर चोट पुर्‍याउने), ५०६ (२) (आपराधिक धम्की), र २३२ (स्वैच्छिक रूपमा चोट पुर्‍याउने) समावेश छ। प्रहरीले महिलामाथि भएको निर्ममताको निन्दा गर्दै श्रीमानलाई कडा कारबाही गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही