साउन ८, काठमाडौँ । विवाहित दम्पत्तिबीच प्रायः स–साना कुरामा झगडा भैरहेको हुन्छ । कहिलेकाहिँ यो झगडा बढेर सम्बन्ध विच्छेदसम्म पुग्छ । यसबाहेक कहिलेकाहिँ त विवाह भएको दशकौँ भए पनि एक झट्कामा नै सम्बन्ध टुट्छ ।

तर के कुनै जोडिले विवाह भएकै दिन सम्बन्ध विच्छेद गरेको तपाईँले सुन्नु भएको छ ? शायद छैन होला ।

कुवेतमा यस प्रकारको एउटा घटना घटेको छ, जहाँ विवाहको तीन मिनेटमै दुलाहा–दुलहीको सम्बन्ध विच्छेद भएको छ । उक्त जोडिको आधिकारिक रुपमा विवाह भएपछि जोडि अदालतबाट बाहिर निस्कियो । त्यहि समयमा दुलहीको खुट्टा लड्खडायो र उनी त्यहिँ लडिन् । दुलाहाले उनलाई सम्हाल्नुको साटो ‘स्टूपिड’ भने । दुलाहाको उक्त प्रतिक्रिया सुनेर दुलही रिसले आगो भइन् र उनले तुरुन्त विवाह रद्द गर्न भनिन् ।

दुलहीको कुरामा न्यायाधिशपनि सहमत भए र उक्त जोडिको विवाहको तीन मिनेटमै समबन्ध विच्छेद भयो । कुवेतको इतिहासमा यसलाई सबैभन्दा छोटो विवाह भनिएको छ ।

यद्यपि, यस प्रकारको घटना घटेको यो पहिलो पटक होइन । २००४ मा बेलायतमा एउटा जोडिले विवाह भएको ९० मिनेटपछि सम्बन्ध विच्छेद दर्ता गराएर सम्बन्ध विच्छेद गरेका थिए ।

विवाह गरेको तीन मिनेटमै सम्बन्ध विच्छेद
Leave a Comment