२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानले ननुहाएको भन्दै विवाहको महिना दिनपछि नै महिलाले मागिन सम्बन्धविच्छेद

२०८१, २० आश्विन आईतवार १४:१२

एजेन्सी | भारतको उत्तर प्रदेशस्थित आगराकी एक महिलाले बिवाहको १ महिनापछि नै श्रीमानसँग सम्बन्ध विच्छेद गराइ दिन माग गरेकी छिन्। श्रीमानले ननुहाने र गन्हाएर नजिक वस्नै नसक्ने भएकाले उनले सम्वन्ध विच्छेद माग गरेकी हुन।

श्रीमानले महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगेकी छिन्। श्रीमानले विरलै मात्रै नुहाउने अनि मैलो भइसक्दा पनि लुगा नफेर्ने महिलाको गुनासो थियो। ‘जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो हुन्छ’ उनले भनेकी छिन्। आफूले बिहे गरेर गएको ४० दिनमा श्रीमानले जम्मा ४ दिन नुहाएको महिलाको भनाई थियो।


यही कारणले महिलाले ४० दिनअघि मात्रै बिहे भएको श्रीमानसँग उनले सम्बन्ध विच्छेद मागिन्। महिलाका श्रीमानले भने आफूले महिनामा एक÷दुई पटक नुहाउने र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको बताएका छन्।

उनले श्रीमतीले कर गरेपछि सरदर नुहाउने भन्दा केही बढी नै नुहाएका थिए। बेहुलीले ननुहाएकै विषयमा सम्बन्ध विच्छेद मागेपछि आफ्नो बानी सुधारेर दिनमा एक पटक नुहाउन समेत पुरुष तयार थिए। तर महिला उनीसँग बस्न तयार भईनन्।

जानकारी अनुसार बिहेको केही हप्तापछि नै दुईबिच सरसफाइलाई लिएर झगडा सुरु हुन थालेको थियो। केही सिप नलागेपछि महिला पतिको घर छाडेर माइत गइन् र दाइजोको नाममा प्रताडित गरेको भन्दै सम्बन्ध विच्छेदको माग गरिन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन