एजेन्सी, मनिला | फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रात–दिनको दौडले उनलाई साहै् भ्याइनभ्याई भयो । मनोविज्ञानमा स्नातक गरेकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी, मनिला | फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रात–दिनको दौडले उनलाई साहै् भ्याइनभ्याई भयो । मनोविज्ञानमा स्नातक गरेकी "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – संसारकै ‘हट उबर ट्याक्सी चालक’

१० भाद्र २०७४, शनिबार ०२:४१

एजेन्सी, मनिला | फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रात–दिनको दौडले उनलाई साहै् भ्याइनभ्याई भयो । मनोविज्ञानमा स्नातक गरेकी उनले करियर परिवर्तन गर्ने निधो गरिन् । र, विगत ८ महिनादेखि ट्याक्सी चालकका रूपमा काम गर्न थालिन् । पुरुषहरूको बाहुल्य रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू औधी प्रभावित भए । यात्रुहरूले उनले ट्याक्सी चलाएका तस्बिर सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा सेयर गर्न थाले । र, उनी रातारात फिलिपिन्सकी सेलेब्रेटी बन्न थालेकी छिन् 

उनलाई अहिले विश्कै सर्वाधिक हट उबर ट्याक्सी चालक बताइन्छ । अहिले नियमित यात्रुहरू उनको ट्याक्सीमा चढ्न तँछाडमछाड गर्छन् । युबरको एपमा उनी यात्रुले सर्वाधिक माग गरिएकी चालक बनेकी छिन् ।

दिनमा १२ घन्टा ट्याक्सी चलाउने तादियो भन्छिन्, ‘सामान्यतया यात्रुहरूलाई पुरुष चालकले सेवा दिँदै आएका थिए । तर, यो क्षेत्रमा मेरो प्रवेशपछि सर्वसाधरण मानिस चकित भएका छन् । ’

धेरै यात्रुले माया गरेको उनको अनुभव छ । ‘मलाई धेरैजनाले माया गर्नुहुन्छ । यात्रुले मप्रति देखाएको आकर्षणप्रति आभारी छु,’ उनी भन्छिन् । उनको ट्याक्सीमा चढ्ने प्रायः यात्रु भाडा तिरेपछि गन्तव्यमा जानुअघि तस्बिर खिचाउन अनुरोध गर्छन् । ‘यात्रुसँग तस्बिर खिचाउन पाउँदा निकै आनन्द लाग्छ । उनीहरूको सम्मानले मन फुरुङ हुन्छ,’ उनी थप्छिन् ।

ट्याक्सीमा यात्रा गर्ने अधिकांश पुरुष यात्रुमध्ये केहीले उनको फोन नम्बरसमेत माग्छन् । ‘तर म केवल हाँसेर टारिदिन्छिन्  । म कोहीसँग पनि डेटिङ गएकी छैन किनकि चालक र यात्रुबारे फिलिपिन्समा कडा नियम छ ।’

तादेओलाई उनका पुरुष साथीले चालक बन्न सुझाब दिएका थिए । साथीको कमाइका कारण उनी प्रभावित भएकी थिइन् । प्रायः सबै यात्रुसँग दिल खोलेर बोल्ने गर्छिन् । सडकमा ट्राफिक जाम हुँदा यात्रुसँग हल्का गफ गरेर समय बिताउँछु, उनी भन्छिन् । उनी सामान्यतया बोनिफासियो जिल्लामा कार चलाउँछिन् तर आवश्यक पर्यो भने अन्य स्थानमा पनि जान्छिन् ।

तर, सबै यात्रुले उनलाई बुक गर्न पाउँदैनन् । ‘प्रायः यात्रु मेरो ट्याक्सीमा चढ्न रुचाउँछन् । तर, मेरो नजिकको रुटमा जो हुन्छन् उनीहरूलाई नै सेवा दिन्छु,’ उनी भन्छिन् ।

ट्याक्सी चलाउने क्रममा उनले केही डरलाग्दा अनुभव पनि भोगेकी छिन् ।‘ मैले होटल र रेस्टुरेन्टबाट केही जोडीलाई लामो दूरीसम्म यात्रा गराउँछु । तर, उनीहरू ट्याक्सीभित्रै आपत्तिजनक व्यवहार देखाउँछन्,’ उनी भन्छिन् ।

उनी यात्रुसँग ठ्ट्टा पनि गर्छिन् । ‘मलाई ठट्टा गर्न मन लाग्छ । यात्रुहरूसँग प्रायः रमाइला गफ गर्छु । २४ सै घन्टा ट्याक्सी चलाउ सक्छु ।

यात्रुहरू आफ्नो सौन्दर्यले मन्त्रमुग्ध भएको उनको अनुभव छ । त्यही भएर लामो समयसम्म ट्राफिक जाममा पर्दा पनि यात्रुहरूलाई दिक्क नमान्ने उनको दाबी छ । -नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान