एजेन्सी, मनिला | फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रात–दिनको दौडले उनलाई साहै् भ्याइनभ्याई भयो । मनोविज्ञानमा स्नातक गरेकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी, मनिला | फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रात–दिनको दौडले उनलाई साहै् भ्याइनभ्याई भयो । मनोविज्ञानमा स्नातक गरेकी "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – संसारकै ‘हट उबर ट्याक्सी चालक’

२०७४, १० भाद्र शनिबार ०२:४१

एजेन्सी, मनिला | फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रात–दिनको दौडले उनलाई साहै् भ्याइनभ्याई भयो । मनोविज्ञानमा स्नातक गरेकी उनले करियर परिवर्तन गर्ने निधो गरिन् । र, विगत ८ महिनादेखि ट्याक्सी चालकका रूपमा काम गर्न थालिन् । पुरुषहरूको बाहुल्य रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू औधी प्रभावित भए । यात्रुहरूले उनले ट्याक्सी चलाएका तस्बिर सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा सेयर गर्न थाले । र, उनी रातारात फिलिपिन्सकी सेलेब्रेटी बन्न थालेकी छिन् 

उनलाई अहिले विश्कै सर्वाधिक हट उबर ट्याक्सी चालक बताइन्छ । अहिले नियमित यात्रुहरू उनको ट्याक्सीमा चढ्न तँछाडमछाड गर्छन् । युबरको एपमा उनी यात्रुले सर्वाधिक माग गरिएकी चालक बनेकी छिन् ।

दिनमा १२ घन्टा ट्याक्सी चलाउने तादियो भन्छिन्, ‘सामान्यतया यात्रुहरूलाई पुरुष चालकले सेवा दिँदै आएका थिए । तर, यो क्षेत्रमा मेरो प्रवेशपछि सर्वसाधरण मानिस चकित भएका छन् । ’

धेरै यात्रुले माया गरेको उनको अनुभव छ । ‘मलाई धेरैजनाले माया गर्नुहुन्छ । यात्रुले मप्रति देखाएको आकर्षणप्रति आभारी छु,’ उनी भन्छिन् । उनको ट्याक्सीमा चढ्ने प्रायः यात्रु भाडा तिरेपछि गन्तव्यमा जानुअघि तस्बिर खिचाउन अनुरोध गर्छन् । ‘यात्रुसँग तस्बिर खिचाउन पाउँदा निकै आनन्द लाग्छ । उनीहरूको सम्मानले मन फुरुङ हुन्छ,’ उनी थप्छिन् ।

ट्याक्सीमा यात्रा गर्ने अधिकांश पुरुष यात्रुमध्ये केहीले उनको फोन नम्बरसमेत माग्छन् । ‘तर म केवल हाँसेर टारिदिन्छिन्  । म कोहीसँग पनि डेटिङ गएकी छैन किनकि चालक र यात्रुबारे फिलिपिन्समा कडा नियम छ ।’

तादेओलाई उनका पुरुष साथीले चालक बन्न सुझाब दिएका थिए । साथीको कमाइका कारण उनी प्रभावित भएकी थिइन् । प्रायः सबै यात्रुसँग दिल खोलेर बोल्ने गर्छिन् । सडकमा ट्राफिक जाम हुँदा यात्रुसँग हल्का गफ गरेर समय बिताउँछु, उनी भन्छिन् । उनी सामान्यतया बोनिफासियो जिल्लामा कार चलाउँछिन् तर आवश्यक पर्यो भने अन्य स्थानमा पनि जान्छिन् ।

तर, सबै यात्रुले उनलाई बुक गर्न पाउँदैनन् । ‘प्रायः यात्रु मेरो ट्याक्सीमा चढ्न रुचाउँछन् । तर, मेरो नजिकको रुटमा जो हुन्छन् उनीहरूलाई नै सेवा दिन्छु,’ उनी भन्छिन् ।

ट्याक्सी चलाउने क्रममा उनले केही डरलाग्दा अनुभव पनि भोगेकी छिन् ।‘ मैले होटल र रेस्टुरेन्टबाट केही जोडीलाई लामो दूरीसम्म यात्रा गराउँछु । तर, उनीहरू ट्याक्सीभित्रै आपत्तिजनक व्यवहार देखाउँछन्,’ उनी भन्छिन् ।

उनी यात्रुसँग ठ्ट्टा पनि गर्छिन् । ‘मलाई ठट्टा गर्न मन लाग्छ । यात्रुहरूसँग प्रायः रमाइला गफ गर्छु । २४ सै घन्टा ट्याक्सी चलाउ सक्छु ।

यात्रुहरू आफ्नो सौन्दर्यले मन्त्रमुग्ध भएको उनको अनुभव छ । त्यही भएर लामो समयसम्म ट्राफिक जाममा पर्दा पनि यात्रुहरूलाई दिक्क नमान्ने उनको दाबी छ । -नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा