2026-06-24 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

आँधीबेहरीबाट दर्जनौँ बिचल्ली

2019-06-07


जेठ२४,धनगढी (रासस)गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो ।

जिल्लामा मुक्त कमैया, गरीब र विपन्न सयौँ परिवारको घरको छाना उडाइ क्षति पु¥याएको अनुमान गरिएको छ । यद्यपि यसको एकीन विवरण अहिलेसम्म आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–१ का दिलबहादुर शाहीले घरको छाना उडाइ घरमा रहेको खाद्यान्न पानीले भिजाएर नष्ट भएपछि आफू बिचल्लीमा परेको गुनासो गर्नुभयो ।

आँधीबेहरीका कारण कैलालीको टीकापुरका लाहनु चौधरीको पोल्टी फर्म भत्किँदा च्यापिएर मृत्यु भएको छ । यस्तै गोदावरी नगरपालिमा आँधीका समयमा टिपरसँग मोटरसाइकल ठोक्किँदा से१प ५८५१ नं को मोटरसाइकल चालक वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

आँधीबेहरीका कारण ७६ जना घाइते भएकोमा ६६ जना सामान्य घाइते भएका छन् । घाइतेको सेती अञ्चल अस्पतलाका साथेै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

गम्भीर घाइते चार जनालाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ ।

क्षतिको पूर्ण र एकीन विवरण आउन अझै समय लाग्ने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको बैठकले आँधीबेहरीको कारण पीडित भएकाको लगत सङ्कलन गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

 लगत सङ्कलनका लागि वडा अध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ । धनगढी उपमहानगरपालिका कार्यालयमा आज बिहान बसेको बैठकमा आँधीका कारण पीडित बनेकालाई  खाद्यान्न वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक