2026-10-04 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

किशोरीको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश

जेठ ३१,पाँचथर | पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत वैशाख २९ गते योङहाङको घाँटी रेटेर हत्या गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ का पदम गोले तामाङ, भगीरथ बाँस्तोला र कर्ण तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको पाँचथर जिल्ला अदालतले जनाएको छ । 

प्रत्यक्ष संलग्न नभए पनि पदम र भगीरथलाई पदमकै काका कर्ण तामाङले हत्यामा सहयोग पु¥याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत आइतबारदेखि जिल्ला अदालतमा चलेको बयान सकिएसँगै अदालतले बिहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पाँचथर प्रहरीका अनुसार उनीहरुलाई बिहीबार नै पाँचथर कारागार चलान गरिएको छ । 

हिलिहाङ गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत योङहाङको उनका पूर्वप्रेमी पदम तामाङले बाँस्तोलाको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । तामाङसँग मोबाइलसेट र सीमकार्ड साटेकी योङहाङलाई उक्त सामग्री फिर्ता गर्न एकान्तमा बोलाई उनीहरुले हत्या गरेका थिए । आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशङ्कामा तामाङले शीतलको हत्या गरेको स्वीकार गरेको पाँचथर प्रहरीको भनाइ छ ।

हत्यामा संलग्न बाँस्तोला वैशाख ३० गते फिदिमबाट पक्राउ परेका थिए । हत्यामा सहयोग पु¥याउने कर्ण घटना भएको नौ दिनपछि फिदिमबाटै पक्राउ परेका थिए । कर्णले हत्यामा संलग्न भएका दुई जनालाई गाडी भाडा दिएर सहयोग गरेको प्रहरीले अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । हत्याका मुख्य योजनाकार पदम भने २१ दिनसम्म फरार रहेका थिए । उनलाई प्रहरीले जेठ १८ गते झापाको दमकबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर