2026-06-22 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर: मृतक तीनै जनाको सनाखत

जेठ ३१,कञ्चनपुर |कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी बैतडीको देहीमाण्डौँ नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा  पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालक २६ वर्षीय प्रेम थापालाई भारत र अर्का घाइते बेल्डाँडी गाउँपालिका–७ का सन्तोष लुहारलाई धनगढी उपचारका लागि पठाइएको छ । त्यसैगरी दुर्घटनामा परी घाइते भएकी मृतक बोहराकी श्रीमती लक्ष्मी बोहरा, अन्दाजी तीन वर्षीय छोरा निशान्त बोहरा र भीमत्तनगरपालिका–१० का जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनापछि फरार रहेका जेसिबी चालकको खोजीकार्य तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड