२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुत्केरीको मृत्यु हुँदा तनाव

२०७६, ३२ जेष्ठ शनिबार ०८:१५

जेठ ३२,डडेल्धुरा |  सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त प्रदर्शनमा उत्रेका हुन् । चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गरिरहेका छन् । 

बिहान १० बजेदेखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हँुदा तराई–पहाड जाने यात्रु मर्कामा परेका छन् । रक्तस्राब नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेको जनाएको छ । शल्यक्रियामै लापरवाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाइ त्यही राखेको आरोप आफन्तको छ ।

अस्पतालले मृत्तकका आफन्तको आरोप गलत भएको जनाएको छ । गीतालाई १२ पिन्ट रगत दिएर घर पठाइसकेको अवस्थामा उनको मृत्यु भएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ । 

 अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारवाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् । आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुङ्गामुढासमेत गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरप्रमुख, उपप्रमुख, नेकपा, नेपाली काङ्ग्रेसका नेतासहित मृतकका आफन्तसँग शुक्रबार रातभरिको छलफलपछि आज बिहान तीन बँुदे सहमति भएको थियो । 

घटनाको छानबिन गर्न मन्त्रालयस्तरबाट समिति खटाउने, शव परीक्षण पनि मन्त्रालयस्तरबाट नै फरक चिकित्सक बोलाई गर्ने र नाबालकको जीवन रक्षाका लागि उचित क्षतिपूर्ति दिने सहमति भएको थियो । तर बिहान १० बजे महिला र पुरुषको फरक-फरक जुलुससहित क्षतिपूर्तिको माग राखी सदरमुकाम पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय