<p><b>मंसिर २३, बैतडी |</b> बैतडीमा अनौठो शिशुको जन्म भएको छ | जिल्लाको सुर्नाया गाउँपालिका -५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन। <br></p><p>९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए। </p><p>आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ। परिवारले सहयोगका लागि अपिल गरेका छन्।</p>
