२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन सम्बन्ध राख्न नचाहाने अनौठो स्वभावका युवा, यस्तो छ कारण !

२०७८, ३ पुष शनिबार १०:२३

पुस ३, काठमाडौँ, एजेन्सी | अमेरिकाका धेरै व्यक्तिहरूमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ। रिपोर्टका अनुसार यहाँ मानिसहरूमा यौन चाहाना हराउँदै गएको छ। लगभग ३० प्रतिशत व्यक्तिहरूले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौन सम्बन्ध नराखेको बताए। अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे अफ फेमिली ग्रोथको सन् २०११ र २०१९ को डाटाहरू तुलना गर्दा अमेरिकी युवाहरूमा यौन चाहाना कमी हुँदै गएको पाइएको हो।

डाटाका अनुसार अमेरिकी युवाहरूले कम मात्रा यौन सम्बन्ध गरिरहेका खुलेको छ। आफ्नो पार्टनर हुँदाहुँदै पनि शारीरिक सम्बन्धप्रति इच्छा नदेखाएको पत्ता लागेको छ। सर्भेमा सहभागी केही महिलाहरूले केही वर्षसम्म नै यौन सम्बन्ध नराखेको खुलेको छ। रिपोर्टका अनुसार पार्टनरसँग बस्ने वा विवाहित मानिसहरूभन्दा एक्लै रहनेहरूको संख्या धेरै पाइएको छ। सर्भेका अनुसार ५ प्रतिशत विवाहितहरूमध्ये कतिले एक वर्षसम्म पनि यौन सम्बन्ध नराखेको खुलेको छ।

किन यस्तो हुन्छ ?

अमेरिकी समाज शास्त्री तथा मनोवैज्ञानिकहरूले युवाहरूमा यौन चाहानामा कमी आउनुको कारण पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेका छन् । स्कट साउथ र लेई लेईले आफ्नो अनुसन्धानबाट केही तथ्यहरू पत्ता लगाएका छन्। उनीहरूका अनुसार लामो समयसम्म सम्बन्धमा नरहनु, विवाह र सामाजिक रीतिरिवाज, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अत्यधिक मदिरा सेवन, भिडियो गेमको लत, पोनोग्राफी जस्ता कुराले यौन जीवन बर्बाद बनाउँछ। विशेषज्ञका अनुसार कोरोनाका कारण आइसोलेसनमा बस्नुपर्ने भएकाले पनि विनायौन सम्बन्ध रहने बानी परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन