२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवकाशपछि मरेको मुसाको बन्यो संसारभरि समाचार !

२८ पुष २०७८, बुधबार ०८:२७

एजेन्सी | मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो।

मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई काम गर्नका लागि सन् २०१६ मा कम्बोडिया पठाइएको थियो।

उसको काम थियो- जमिनमूनि गाडिएका बिस्फोटक पदार्थ पत्ता लगाउने।

लामो समय गृहयुद्ध भोगेको कम्बोडियामा अहिले पनि जमिनमूनि गाडिएका बिस्फोटक पदार्थले थुप्रै मानिसको ज्यान लिने गरेका छन्। युद्धका समयमा गाडिएका ल्यान्डमाइन बिस्फोट हुँदा हजारौं मानिस अंगभंग भएका छन्। कम्बोडियाको जमिनमूनि रहेका बिस्फोटक पदार्थ पत्ता लगाउन मागावाले पाँच वर्ष काम गरेको थियो। यो अवधिमा उसले २४ लाख स्क्वायर फिट जमिनमा बिस्फोटक पदार्थ भए/नभएको खोजेको थियो। उक्त जमिनमा ७१ ठाउँमा ल्यान्डमाइन भेटिएका थिए।

मागावाको कामको सम्मानमा बेलायतको पशुपन्छीसम्बन्धी काम गर्ने संस्था पिडिएसएले सन् २०२० मा गोल्ड मेडल नै दियो। उक्त संस्थाले ७७ वर्षदेखि विभिन्न पशुपन्छीलाई अवार्ड दिँदै आएको छ। पिडिएसएको गोल्ड मेडल पाउने मागावा पहिलो मुसा हो।



मागावा गत वर्ष जुनमा कामबाट अवकाश भएको थियो। उसले गरेको कामको सम्मानमा उसलाई ‘हिरोर्‍याट’ उपनाम दिइएको थियो। अवकाशपछि पनि मागावा स्वस्थ नै थियो तर गत शनिबारदेखि उसको स्वास्थ्यमा समस्या आएको थियो।

युद्धग्रस्त र युद्धबाट तंग्रिएका क्षेत्रमा ठूलो मात्रामा जमिनमूनि बिस्फोटक पदार्थ भेटिने गरेका छन्। तर ठूलो भू-भागमा बिस्फोटक पदार्थ भए/नभएको पत्ता लगाउनु निकै कठिन काम हो। अनुसन्धानकर्ताहरूले त्यस्ता बिस्फोटक पदार्थ पत्ता लगाउन छिटो दौडिन सक्ने र सुँघ्ने क्षमता निकै बलियो भएका मुसालाई प्रयोग गर्न सकिने विधि पत्ता लगाएका थिए।

मागावालाई एपिओपिओ नामक संस्थाले तान्जेनियामा ल्यान्डमाइन पत्ता लगाउने तालिम दिएको थियो। ल्यान्डमाइन पत्ता लगाएबापत मुसालाई मन पर्ने खानेकुरा दिने लगायत विधि अपनाएर तालिम दिइन्छ। मुसाहरूले आधा घन्टामा दुई सय स्क्वायर फिटसम्म जमिन स्क्यान गर्न सक्छन् त्यही काम गर्न मानिसलाई चार दिनसम्म लाग्न सक्छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव