पढ्न करिब 2 मिनेट लाग्छ

भदौ २८, काठमाडौँ |  'मोटोपना' पछिल्लो समय मानिसहरूको सबैभन्दा चिन्ताको विषय बनेको छ । मोटोपनाबाट विरक्तिएर बसेका मानिसहरू यसलाई घटाउन कहिले जिम जाने त कहिले भोकभोकै बस्ने गरेका छन् ।

यसो गर्दा झनै मोटोपन बढेको गुनासो तथा दुःखेसो सुनिने गरेको छ । तर यहाँ, एकजना यस्तो व्यक्तिबारे चर्चा गरिएको छ, जसले टन्न खाएर पनि केही समयमै घटाए ३१ किलो तौल ।

झट्ट सुन्दा यो विश्वास नलाग्न सक्छ, तर इंग्ल्याण्डका एक व्यक्तिले टन्न खाना खाएर पनि आफ्नो तौल नियन्त्रणमा राख्न सफल भएका छन् ।

ती व्यक्तिको नाम जो थोम्पसन हो, उनको उमेर ३५ वर्ष रहेको बताइएको छ । उनको तौल बढ्दै गएर १२४ किलोसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । खबरका अनुसार, तौल अत्याधिक बढेपछि उनलाई एन्जाइटी समेत भएको थियो ।

त्यसपछि उनी एक फिटनेश ग्रुपमा पुगे, त्यसपछि भने उनले सहज हिसाबले तौल घटाउन सकेको एक अन्तर्वार्ताका क्रममा बताएको समाचारमा उल्लेख गरिएको छ ।

फिटनेस सेन्टरमा जोडिएपछि उनले डाइटिङ गर्नुपरेन । खान मन लागेका कुराहरू उनी निर्धक्क खान्थे ।

त्यसपछि उनले उनले त्यहाँ आफूमात्र मोटो नभएको र आफूजस्तै मोटो अरू पनि हुने गरेको महशुस गरे । त्यसपछि उनमा आत्मविश्वास बढ्दै गएको र चिन्ता पनि हटेको ती व्यक्तिले एक अन्तर्वार्ताका क्रममा भनेका छन् । उनले तौल कम गर्नका लागि जंक फूडहरू भने खान छाडे । खाना पकाउँदा तेलको सट्टा तेल स्प्रेको प्रयोग गरेको समेत बताइएको छ ।