पढ्न करिब 1 मिनेट लाग्छ

एजेन्सी | सामाजिक सञ्जालमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन गरिएको खबर सुन्दा पत्याउन गाह्रो पर्ला तर थाइल्यान्डमा यस्तो विज्ञापन गरिएको छ ।

‘गर्लफ्रेन्ड’ खोज्ने २ युवाकी महिला साथीले सामाजिक सञ्जालमा विज्ञापन गरेकी छन्, जसमा आफ्नो २ युवा साथीलाई ‘गर्लफ्रेन्ड’ चाहिएको उल्लेख छ ।

‘गर्लफ्रेन्ड’मा छनोट हुने युवतीलाई मासिक ३ लाखभन्दा बढी तलब दिइने विज्ञापनमा उल्लेख छ । यदि परीक्षामा उत्कृष्ट ठहरिए तलब अझै बढी हुनसक्ने विज्ञापनमा उल्लेख छ ।

फेसबूकमा गरिएको विज्ञापनमा उल्लेख छ, ‘मेरा चिनियाँ साथीलाई ‘गर्लफ्रेन्ड’ चाहिएको छ । उमेर १८–२३ वर्षको हुनुपर्नेछ । दुवै मेरा साथी हुन्, राम्रा छन् ।’

आवेदक ‘गर्लफ्रेन्ड’ कुनै कूलतमा नफसेको, नशा नदिने, देख्नमा राम्री र चिनियाँ भाषा बोल्न सक्ने हुनुपर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।