पढ्न करिब 2 मिनेट लाग्छ

एजेन्सी | ६६ वर्षका एक अर्बपति वृद्ध र ३४ वर्षकी एक सेलिब्रेटी युवतीबीचको प्रेम कहानी अहिले चर्चामा छ । वास्तवमा उक्त प्रेम कहानी निकै महँगो डिभोर्सको कारक बन्न पुगेको छ ।

आफ्ना धनाढ्य लोग्नेसँग ३४ वर्षीया युवतीको प्रेमका बारेमा थाहा पाएसँगै अर्बपतिकी पत्नीले डिभोर्स गर्ने निर्णय गरेकी छिन् र त्यसका लागि उनले करिब एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको रकम माग गरेकी छिन् । उनीहरुको डिभोर्सको प्रक्रिया अहिले चलिरहेको छ ।

४ अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक अमेरिकी नागरिक जोन पल्सन र स्वास्थ्यसम्बन्धी सेलिब्रेटी एलिना डी अल्मेडाबीचको प्रेम सम्बन्ध झ्यांगिँदै जाँदा जोनकी पत्नीलाई सह्य हुने कुरै भएन ।

न्युयोर्कको म्यानहटनस्थित भव्य महलमा बस्दै आएका जोन र उनकी पत्नीबीच खटपट बढ्दै गएको छ । अझ जोनले आफ्नी प्रेमिका अल्मेडासँग बिहे नै गर्ने र बच्चा जन्माउने मन बनाएपछि उनकी पत्नीले डिभोर्सको विकल्प देखिनन् ।

उनीहरूको सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भएको छ तर पत्नीले माग गरेको रकमका कारण तत्काल टुंगिने छाँट देखिएको छैन ।

हुन त अल्मेडा आफैपनि व्यवसायी हुन् र मानिसहरुको सन्तुलित भोजनका बारेमा परामर्श दिएर उनले पैसा कमाउने गरेकी छिन् ।

जोनका वकिलका अनुसार पत्नीसँगको डिभोर्सका लागि उनी तयार भएर कानुनी रुपमा दिनुपर्ने रकमभन्दा धेरै दिन सहमत भएका थिए । तर पत्नीले लोभमा फसेर निकै धेरै रकम माग गरेका कारण सम्बन्ध विच्छेदको प्रक्रियामा रोकावट आएको उनको जिकिर छ ।

जोनसँगको डिभोर्सका लागि उनकी पत्नीले १ अर्ब डलर माग गरेकी छिन् । पत्नीका वकिलले भने डिभोर्सका लागि माग गरिएको रकम जायज भएको भन्दै जोनले कम रकममै डिभोर्स गर्न पत्नीलाई अनावश्यक दबाब दिइरहेको दाबी गरेका छन् ।