2026-09-03 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

परीक्षा हलमा छात्राहरु मात्रै देखेर आत्तिएर एक किशोर बेहोस भई ढलेपछि…

फागुन १२, काठमाडौँ | भारतका १७ वर्षका एक किशोर अघिल्लो महिना परीक्षा दिन गएका थिए तर उनले परीक्षा भने दिन पाएनन् । 

 खासमा भएको के थियो भने, मनिष शङ्कर प्रसाद, बिहार सरिफस्थित अलामा इकबाल कलेजका विद्यार्थी, गणितको परीक्षा दिन सुन्दर गढ गएका थिए । तर परीक्षा हलमा पसेपछि उनले जे दृश्य देखे त्यसले उनको नौ नारी खिच्यो । पूरा हल भरी केटी मात्रै त्यो पनि लगभग ५०० जना । उनको टाउको घुम्यो, बेहोसै भएर ढले ।

परीक्षा केन्द्रमा उनी मात्रै पुरुष विद्यार्थी भएको उनका आफन्तले दाबी गरेका छन् । धेरै संख्यामा छात्राहरु देखेपछि उनी आत्तिएर भुइँमा ढले।

‘परीक्षा केन्द्रमा ५०० जना केटीहरू थिए । यो देखेर उनी असहज भए र उनलाई ज्वरो नै आयो,’ प्रसादकी काकीले एएनआई समाचार एजेन्सीसँगको कुराकानीमा भनिन् । बेहास भएपछि उनलाई उपचारका लागि नजिकैको स्थानीय अस्पताल लगियो ।

मनिषका बुवा सच्चिदानन्दले पछि इन्डिया टिभीसँगको कुराकानीमा आफ्नो छोरोको बेहोस भएको थुप्रै घण्टापछि मात्रै होस आएको बताए । उनले भने, ‘केटीहरूले भरिएको कोठामा एक्लो केटा भएको अनुभवले उनलाई यति धेरै स्तब्ध बनाएको थियो कि के कारणले बेहोस भयौ भनेर सोध्दासमेत उनले बोल्न सकेनन् ।’

तर केटीले भरिएको परीक्षा हलमा उनी मात्रै एक्लो केटा कसरी पुगे भनेर अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । यद्यपि, अधिकारीले परीक्षाको फारममा गल्तीवश लिङ्गको ठाउँमा ‘महिला’ भनेर लेखे कि भनेर अनुमान गरेका छन् । 

मनिष शङ्कर प्रसाद गाइनोफोबियाद्वारा ग्रसित हुन् कि भनेर पनि अनुमान गरिएको छ । यो अवस्थाबाट ग्रसित व्यक्ति महिला देखेर तर्सिन्छन् । अथवा उनी असाध्यै लजालु स्वभावका व्यक्ति पनि हुन सक्छन् । घटनापछि उनलाई निको हुन केही समय भने पक्कै लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही