४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सांगीतिक रियालिटी शो खोटाङ आईडलको उत्कृष्ट पाँचजना छनौट

१३ फाल्गुन २०७४, आईतवार ०४:०७

चिसाङ शेर्पा | फागुन १३, खोटाङ | जिल्लामा सर्वाधिक चर्चामा रहेको  सांगीतिक रियालिटी शो खोटाङ आईडलको उत्कृष्ट ५ जना छनौट भएको छ । गायन प्रतियोगिता आईडलको अन्तिम तथा फाईनल राउण्डका लागि उत्कृष्ट बाह्रजनालाई शनिबार पाचजनामा छनोट गरिएको हो ।

‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा जिल्लाभित्रका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको छैठौ अडिसनबाट खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राइ, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई, दिप्रङ गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राई छनोट भएका हुन् ।

निर्णायकको ६० प्रतिशत, भोटिङको ४० प्रतिशत भोट आधारमा उत्कृष्ट पाँचमा परेका  प्रतिभाहरुले आगामी चैत्र ३ गते ‘खोटाङ जागरण’ गीतमा अन्तिम प्रर्तिस्पर्धा गर्नुपर्ने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । गायक रुपकुमार राई, गायक तथा संगीतकार पदम थुलुङ राई र पृथी जिम्बाको निर्णायकबाट उनीहरु फाईनलका लागि छानिएका हुन् । 

माथिको तश्विरमा: खोटाङ आईडलको उत्कृष्ट पाचजना, तस्विर चिसाङ शेर्पा/साझा सबाल (खोटाङ) 

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीघारा आयोजित रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कारहरु बिदेशमा बसोबास गर्ने  खोटाङगेबाट जुटेको हो । 

छैठो राउण्डबाट ऐसेलुखर्क गाउपालिका–३ बाकाचोलकी ११ बर्षिय कञ्चन राई, रावाबेशी गाउँपालिका–१ कुभिण्डेकी १० बर्षिय ईशारा राई, साकेला गाउँपालिका–३ रतन्छाकी २१ बर्षिय सुजाता परियार, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २५ बर्षिय उमेश राई, सोही स्थानका १६ बर्षिय केदार अनुरागी, रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका २० बर्षिय राजन गिरी, सोही नगरपालिका–४ खाल्लेकी १९ बर्षिय सिर्जना राई बाहिरीएको आयोजकले जनाएको छ ।

सांगीतिक रियालिटी शो आईडलको प्रगतीको कामनासहित रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका गायक तथा संगीतकार धनिराम राईले १० हजार, पुर्व सभासद दुर्गाजयन्ती राई १ हजार ३०, उदिम चाम्लिङ १ हजार ५०, रसकुमार राई ३ हजार ५ र भुपाल राईले १ हजार ५ आर्थिक सहयोग समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ