२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधुनिकताको नाममा च्यातिएका कपडा लगाउनु अशुभ !

२०७४, ६ कार्तिक सोमबार १४:१५

नारायण अधिकारी | कात्तिक ६, चितवन (रासस) | आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । 

हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ । 

पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन गर्ने क्रममै च्यातेर, कोतरेर, क्षतविक्षत बनाउने गरिएको छ । यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन् । 


संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई च्यातिएको वस्त्र लगाउनु अशुभ हुने बताउनुहुन्छ । यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा स्वतः बाधक बन्ने उहाँको विश्लेषण छ । भट्टराई भन्नुहुन्छ, “च्यातिएका पोशाक लगाउनेहरु लक्ष्यमा पुग्न सक्दैनन् ।” 

मुसाले काटेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै उहा जोड दिनुुहन्छ, “जसले च्यातिएका कपडा लगाउँछ, उसको भविष्य कमजोर हुन्छ ।” यसका अतिरिक्त छोटो र शरीरका अंग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीतलिंगीहरुको आकर्षण बढ्ने र यसले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा शरीरका अंग प्रत्यांग छोपेर हिँड्नुपर्ने उहाँको भनाइ छ । 


नेपाल ज्योतिष परिषद्का केन्द्रीय सल्लाहकार डा दण्डपाणि उपाध्याय अर्याल टुटेफुटेका, भाँडाकुँडा, घरमा राखेमा जुन ढंगको अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुने बताउनुहुन्छ । अर्याल भन्नुहुन्छ, “च्यातिएका कपडा लगाएमा छुद्रता, दुष्टता, दरिद्रतातर्फ उन्मुख गराउँछ ।” यस्ता कपडा लगाउने व्यक्तिलाई ऐश्वर्य र वैभव प्राप्त नहुनेमा जोड दिंदै उहाँ भन्नुहुन्छ, “यस्ता व्यक्तिले जति कमाउँछन्, उति नोक्सान गर्दै जान्छन् । क्षति र खती बढी हुन्छ ।” 

संस्कृतका विद्वान् डा गुरुप्रसाद सुवेदी च्यातिएका कपडाले अमंगल र कल्याण नहुने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । आगो लागेका, प्वाल परेका र च्यातिएका कपडालाई पूजापाठमा समेत प्रयोग गर्न नमिल्ने चर्चा गर्दै उहाँ भन्नुहुन्छ, “कपडा भनेको सम्मान र इज्जतको प्रतीक हो । जस्तो कपडा लगाउँछ, यसको जीवनचर्या त्यस्तै हुन्छ ।” 


धर्मशास्त्रमा फाटे टुटेका नलगाउनु भन्ने स्पष्ट निर्देशन रहेकाले पनि शास्त्रीय मान्यताअनुसार च्यातिएका, फाटेका र फटाइएका पोशाक लगाउने व्यक्तिको व्यक्तित्व र भविष्य पनि त्यस्तै जीर्ण बन्नेमा उहाँ जोड दिँदै उहाँ बताउनुहुन्छ, “च्यातिएका पोशाक लगाउने व्यक्ति प्रगतिशील, निर्वाणात्मक दिशातर्फ उन्मुख नभएर क्षतविक्षत, जीर्णशीर्ण अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ ।” 

लेखक लक्ष्मण भण्डारी समाजले रुचाउने पोशाक लगाउनु पर्छ तर एकाएक गरिने परिवर्तन समाजका लागि पाच्य नहुने बताउनुुहन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै