१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुहाएपछि तपाईको छाला फुस्रो हुन्छ ? त्यसोभए यसो गर्नुहोस

२८ मंसिर २०७४, बिहीबार ०८:०८

तातो पानी प्रयोग नगर्ने: तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।

पानीमा तेलको मिश्रण: नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन नरोज्ने: साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुहोला ।

हनी प्याकको प्रयोग: मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

मस्चराइजर लगाउने: छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ