१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी महिलाहरुमा बढी हुन्छ पाठेघरको मुखको क्यान्सर: यस्ता छन् लक्षण र अवस्था, रोकथाम कसरि गर्ने ?

२३ चैत्र २०७४, शुक्रबार ०५:४९

एजेन्सी : क्यान्सर नसर्ने रोग भएता पनि अहिले यसको समस्या विकराल बनेर फैलिरहेको छ। यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सबैले थाहा पाउन जरुरी छ । यो रोग लाग्ने कारणहरुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख हुन् ।

महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख एक हो । पाठेघर महिलाको प्रजनन् सम्वन्धी एक प्रमुख अंग हो । जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठिक अगाडी र मलद्धार पछाडी रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्यूव तथा मांसपेशी तत्वहरुले दुबैतिरबाट अड्याएका हुन्छन् ।


सामान्यतया पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिन्छ । एक सबैभन्दा माथीको फराकिलो भाग जसलाई फण्डस भनिन्छ । अर्को बिचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ । महिलामा देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर प्रमुख हो ।

यस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ :

– सानो उमेरमा विवाह गर्ने

– कलिलै उमेरमा यौन सम्पर्क गर्ने

– धेरै जनासँग यौन सम्पर्क राख्ने

– धेरै सन्तान जन्माउने

– खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला

– पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।

लक्षण :

क्यान्सरको सुरुवातमा कुनै पनि लक्षण नदेखिन सक्छ । तर यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

– योनीबाट गन्हाउने फोहर पानी बग्नु

– यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु

– महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु

– तल्लो पेट बढी दुख्नु

– दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु

– वजन घट्दै जानु

– थकाई बढी लाग्ने

– महिनावारीको नभएको बेला पनि रगत बग्ने

पाठेघरको मुखको क्यान्सरबाट बच्न १० वर्ष उमेरसम्मका बालिकालाई खोप लगाउन सकिन्छ ।

पाठेघरको क्यान्सरको अवस्था

पहिलो अवस्था : क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।

दोस्रो अवस्था : पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।

तेस्रो अवस्था : क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।

चौथो अवस्था : क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।

रोकथाम

– नियमित स्वास्थ्य परीक्षण गर्ने।

– तौल घटाउने।

– सन्तुलित आहारको सेवन गर्ने।

– कम चिल्लो र बढी रेसायुक्त खाना खाने।

– धुम्रपान नगर्ने।

– नियमित व्यायाम गर्ने।

– तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने

– स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने।

– अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने।

– चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड