२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी महिलाहरुमा बढी हुन्छ पाठेघरको मुखको क्यान्सर: यस्ता छन् लक्षण र अवस्था, रोकथाम कसरि गर्ने ?

२०७४, २३ चैत्र शुक्रबार ०५:४९

एजेन्सी : क्यान्सर नसर्ने रोग भएता पनि अहिले यसको समस्या विकराल बनेर फैलिरहेको छ। यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सबैले थाहा पाउन जरुरी छ । यो रोग लाग्ने कारणहरुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख हुन् ।

महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख एक हो । पाठेघर महिलाको प्रजनन् सम्वन्धी एक प्रमुख अंग हो । जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठिक अगाडी र मलद्धार पछाडी रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्यूव तथा मांसपेशी तत्वहरुले दुबैतिरबाट अड्याएका हुन्छन् ।


सामान्यतया पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिन्छ । एक सबैभन्दा माथीको फराकिलो भाग जसलाई फण्डस भनिन्छ । अर्को बिचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ । महिलामा देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर प्रमुख हो ।

यस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ :

– सानो उमेरमा विवाह गर्ने

– कलिलै उमेरमा यौन सम्पर्क गर्ने

– धेरै जनासँग यौन सम्पर्क राख्ने

– धेरै सन्तान जन्माउने

– खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला

– पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।

लक्षण :

क्यान्सरको सुरुवातमा कुनै पनि लक्षण नदेखिन सक्छ । तर यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

– योनीबाट गन्हाउने फोहर पानी बग्नु

– यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु

– महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु

– तल्लो पेट बढी दुख्नु

– दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु

– वजन घट्दै जानु

– थकाई बढी लाग्ने

– महिनावारीको नभएको बेला पनि रगत बग्ने

पाठेघरको मुखको क्यान्सरबाट बच्न १० वर्ष उमेरसम्मका बालिकालाई खोप लगाउन सकिन्छ ।

पाठेघरको क्यान्सरको अवस्था

पहिलो अवस्था : क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।

दोस्रो अवस्था : पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।

तेस्रो अवस्था : क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।

चौथो अवस्था : क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।

रोकथाम

– नियमित स्वास्थ्य परीक्षण गर्ने।

– तौल घटाउने।

– सन्तुलित आहारको सेवन गर्ने।

– कम चिल्लो र बढी रेसायुक्त खाना खाने।

– धुम्रपान नगर्ने।

– नियमित व्यायाम गर्ने।

– तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने

– स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने।

– अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने।

– चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन