२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्च रक्तचापको नियन्त्रण गर्ने घरेलु उपाय यस्ता छन्

२०७४, २९ चैत्र बिहीबार १०:०९

उच्च रक्तचाप नियन्त्रण गरिएन भने त्यसले मुटु र मृगौलामा बढी असर गर्छ । यसले हृदयघातको जोखिम बढाउँछ ।

अहिले उच्च रक्तचाप आम समस्या बन्दै गएको छ । अस्वस्थ्यकर जीवनशैली, तनाव, धपेडी, होड आदिको कारण उच्च रक्तचाप बढ्छ ।

कसरी नियन्त्रण गर्ने ?

उच्च रक्तचाप नियन्त्रणका लागि सबैभन्दा पहिला जीवनशैली परिवर्तन गर्नुपर्छ । तनावरहित जीवन व्यातित गर्नुपर्छ । कामको बोझ लिनुहुँदैन ।

खानपान र दिनचर्यालाई सन्तुलित राख्नुपर्छ । मदिराजन्य खानेकुरा, जंकफूड, धेरै नुनिलो, चिल्लो खानेकुराको सेवन गर्नुहुँदैन ।

नियमित मात्रामा उच्च रक्तचाप बढेमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ । त्यससँगै व्यायाम, योग, प्रणायाम जस्ता विधी अपनाउनु पर्छ ।

सन्तुलित र स्वस्थ्य आहार, सक्रिय दिनचर्या, तनावरहित जीवनले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

त्यसबाहेक केहि घरेलु विधी छन्, जसले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

के छ घरेलु विधी ?

– गोलभेडाको सेवनले शरीरमा आवश्यक भिटामिन मिल्छ । यसले रगतको धमनीमा फ्याटी एसिड जम्न दिदैन ।

– चुकन्दर एवं मुलाले शरीरमा नाइट्रेसको मात्रा बढाउँछ, जसले उच्च रक्तचाप कम गर्छ । त्यसैले यसलाई आफ्नो सलादमा सामेल गर्नुहोस् ।

– उच्च रक्तचापबाट बच्नका लागि पानीको सेवन पनि लाभदायक हुन्छ । यसले शरीरको अधिक नुन बाहिर निकाल्छ ।

– मेथीको दाना रातभर भिजाउने र बिहान खाली पेटमा त्यसको रस पिउने ।

– बिहान खाली पेटमा लसुनको केस्रा खानुपर्छ । यसले रगत पातलो बनाउँछ, जो रक्त प्रवाहमा सहज हुन्छ । साथै कोलोस्टोर पनि नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला