२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छालाको समस्या हटार्इ अनुहारमा चमक ल्याउन अपनाउनुस् यी घरेलु तरिकाहरू

२०७५, ४ बैशाख मंगलवार १२:०२

छालामा चमक ल्याउन वा छालाको सुन्दरतामा थप रौनकता ल्याउन चाहनुहुन्छ भने तपाइँ आफ्नै भान्छामा भएका चिजहरूको सदुपयोग गरी आफ्नो इच्छा पुरा गर्न सक्नुहुन्छ ।

यी टिप्सहरू अपनार्इ तपाइँ आफ्नो छालाको सुन्दरता बढाउनुहोस् र आफूमा आत्मविश्वास जगाउनुहोस् ।

१. एक चम्चा श्रीखण्ड चन्दन पाउडरमा एक चिम्टी बेसार र त्यसमा एक चम्चा दुध मिलाएर गाढा मिश्रण तयार गर्नुहोस् र उक्त पेस्ट वा मिश्रणलार्इ अनुहारमा लगाउनुहोस् । करीब बीस मिनेटपछि मुख धुनुहोस्, यसले तपाइँको अनुहारमा थप चमक ल्याउनेछ ।

२. एक चम्चा ताजा दुधको तरमा तीन-चार बदाम मसिनो बनाएर पिसेर मिसाउनुहोस् । यसमा चार-पाँच थोपा कागतीको रस मिलार्इ मिश्रण तयार गर्नुहोस् । सो मिश्रणलार्इ अनुहार वा गर्दनको वरपर लगाउनुहोस् । लगभग २० मिनेट जति पछि हातले बिस्तारै माड्दै यसलार्इ सफा गर्नुहोस् । यसले सौन्दर्यमा निखार ल्याउँछ ।

३. पाकेको मेवाको गुदीलार्इ राम्रोसँग मिचेर अनुहार, गर्दन वा हातमा लगाउनाले दाग वा धब्बाहरू सजिलैसँग हट्दछ ।

४. चामलको एक चम्चा पिठोमा दुर्इ चम्चा बाक्लो दही मिसाएर पेस्ट बनाउनुहोस् । यसलार्इ आफ्नो अनुहार वा हातमा लगाएर हल्का माड्नुहोस् । छ-सात मिनेटपछि सफा गर्नुहोस् ।

५. तीन चम्चा गहुँको पिठोमा एक चम्चा बेसन, एक चम्चा मह, एक चम्चा दही राम्ररी फिट्नुहोस् । त्यसलार्इ अनुहारमा लगाएर २० मिनेट रहन दिनुहोस् र त्यसपछि सफा गर्नुहोस् ।

६. एक चम्चा सेतो तिलमा एक चम्चा बेसार मिसाएर बाक्लो मिश्रण तयार गर्नुहोस् । अब उक्त मिश्रणलार्इ अनुहारमा लगाउनुहोस्, छालामा चमक आउनेछ ।

७. यदि तपाइँको छाला सुख्खा छ भने राती सुत्नुभन्दा पहिले बदाम वा नरिवलको तेल लगाएर हातगोडाको मसाज गर्नुहोस् । त्यसपछि काँक्रो काटेर सुस्तरी त्यसमाथि दल्नुहोस् । केही समयपछि सफा कपडाको सहायताले पुछ्नुहोस् ।

८. रुखो छालाको समस्या हटाउनु छ भने तीन चम्चा महमा एक चम्चा बदामको तेल र एक चम्चा जैतुनको तेल मिलाएर मज्जासँग फिट्नुहोस् । अब यसलार्इ आवश्यक ठाउँमा लगाएर आधा घण्टा जति रहन दिनुहोस् । पछि हल्का मनतातो पानीले पखाल्नुहोस् ।

९. कागतीको बोक्रालार्इ सुकाएर पाउडर बनाउनुहोस् र यसमा एक चम्चा बेसार र अलिकति दुध मिसाएर पेस्ट बनाउनुहोस् । यसरी तयार पारिएको पेस्ट छालामा लगाउनुहोस् र केही समयपछि

रगडेर उक्त स्क्रबलार्इ हटाउनुहोस् । अब तपाइँको छाला चम्किन लाग्नेछ ।

१०. तीन चम्चा बाजरे ( पर्ल मिलिट) को पिठोमा चार-पाँच चम्चा दुध र एक चम्चा ग्लिसरीन मिसाएर पेस्ट बनाउनुहोस् । यसलार्इ लगाएर पाँच मिनेटजति राखेर बिस्तारै उप्काउनुहोस् ।

११. दुर्इ चम्चा गोलभेडाको रसमा चार चम्चा दही मिसाएर राम्रोसँग फिट्नुहोस् । अनुहार वा घाँटी वरपर लगाएर केही समयपश्चात् सफा गर्नुहोस् ।

१२. केराको गुदीलार्इ राम्ररी मिचेर थोरै मह मिसार्इ अनुहारमा लगाउनाले मइस्चराइजरको काम गर्दछ ।

१३. अनुहारलार्इ कोमल र मुलायम बनाउन टमाटर, काँक्रो वा सुन्तलाको रस लगाउनुभयो भने यसले टनिकको काम गर्छ जसले छालालार्इ चम्काउँछ ।

१४. एक चम्चा चनाको दाललार्इ दुधमा रातभर भिजाउनुहोस् । बिहान यसलार्इ पिसेर बेसार, दुधको तर तथा दुर्इ-तीन थोपा गुलाबजल मिसाएर अनुहारमा लगाउनुहोस् । सुकेपछि हातले हल्कासँग रगडेर यसलार्इ हटाउनुहोस् । यसले अनुहारमा रौनकता ल्याउँछ ।

१५. दुर्इ वा तीन दाना बदामलार्इ रातभर दुधमा भिजाएर राख्नुहोस् र बिहान यसलार्इ पिसेर अलिकति बेसार मिसार्इ सो मिश्रणलार्इ अनुहारमा लगाउनु भयो भने अनुहारको सुन्दरता दुर्इ गुणा बढ्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन