डा. करुणा कुँवर ।

 म ३३ वर्षीय अविवाहित पुरुष हुँ । मेरो विवाह भएको छैन तर मेरी गर्लफ्रेन्ड छिन् । उनीसँग कुरा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. करुणा कुँवर ।

 म ३३ वर्षीय अविवाहित पुरुष हुँ । मेरो विवाह भएको छैन तर मेरी गर्लफ्रेन्ड छिन् । उनीसँग कुरा गर"/>

२७ पुष २०८२, आईतवार
काठमाडौँ - KTM

के यस्तो समस्याको कुनै हल छ ?

२६ श्रावण २०७३, बुधबार १२:१६

डा. करुणा कुँवर ।

 म ३३ वर्षीय अविवाहित पुरुष हुँ । मेरो विवाह भएको छैन तर मेरी गर्लफ्रेन्ड छिन् । उनीसँग कुरा गर्दा उनले धेरैजसो समयमा यौन सन्तुष्टिको अनुभूति नगरेको महसुस हुन्छ । मलाई उनको धेरै माया लाग्छ तर यस्तै अवस्था कायम रह्यो भने भविष्यमा के होला, उनीसँग विवाह गर्ने कि नगर्ने दुविधामा छु । कतै उनीसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने पीर पनि लाग्छ । कहिलेकाहीं कतै मैले उनलाई असन्तुष्ट त बनाइरहेको छैन भन्ने पनि लाग्छ । यो कस्तो समस्या हो ? के यस्तो समस्याको कुनै हल छ ? -बी 

सबैभन्दा पहिले यो समस्या के हो भन्ने छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्याको कारण जैविक, मनोवैज्ञानिक एवं सामाजिक हुन सक्छ । जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक वा औषधिको लामो समयसम्मको प्रयोग हुनसक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौनरोग, गर्भ रहने डरजस्ता पक्षहरूको भूमिका हुन्छ ।

यदि यौनहिंसा भएको इतिहास छ भने पनि यस्तो हुनसक्छ । सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन इच्छा प्रकट गर्न नहुने मान्यता छ वा अन्य कारण हुनसक्छ, जसमा महिलाले यौन सन्तुष्टि महसुस गर्न सक्दैनन् । चरम सन्तुष्टिमा पुग्न नसक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण पाइन्छ । हरेक महिलामा चरम सन्तुष्टि प्राप्त नहुनुको एउटै कारण हुँदैन ।

त्यसकारण यीमध्ये कुन कारण हो पत्ता लगाउनु आवश्यक हुन्छ र जुन कारण हो त्यसअनुसारको उपचार गरिनुपर्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या उनीहरूको शारीरिक बनावट, आफ्नो पार्टनर सहज नभएको वा ऊसँगको सम्पर्कमा सही आसन प्रयोग नगरिएको हुनसक्छ । यौनसम्बन्धका क्रममा मस्तिष्कमा तनाव छ भने पनि चरम सन्तुष्टिमा पुग्न गाह्रो हुन्छ । केही महिलाले आफ्नो पार्टनरसँग भावनात्मक सम्बन्ध बलियो महसुस नगर्दा पनि सन्तुष्टि महसुस नगरिएको पाइन्छ ।

यदि तपाईंकी गर्लफ्रेन्डको तौल धेरै छ वा धूम्रपान गर्नुहुन्छ भने तौल घटाउने र धूम्रपान छाड्नुपर्ने हुन्छ । तपाईंले आफ्नो पार्टनरलाई उनको संवेदनशील अंग पत्ता लगाउन मद्दत गर्नुपर्ने हुन्छ । उनलाई यदि कुनै विधि ठीक लागे त्यही विधिअनुसार यौनसम्पर्क राख्न सकिन्छ । 

यसमा मनोपरामर्श र चिकित्सकीय उपचारको आवश्यकता छ कि पत्ता लगाउनु जरुरी हुन्छ ।

एक–अर्कासँग मनको कुरा गर्ने, कुराकानी गर्ने, एक–अर्काप्रति सम्मान देखाउने जस्ता कुराको कमी हो भने पनि खुलेर कुरा गर्नुपर्ने हुन्छ र त्यसको पनि कारणको खोजी गर्नुपर्ने हुन्छ । विभिन्न किसिमको औषधि–उपचार भए पनि धेरैजसो महिलालाई औषधी सेवनले प्रभाव नपारेको देखिन्छ । किनभने कुनै पनि औषधि जादु होइन । विशेष गरेर यदि यो समस्यामा मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने त्यसलाई औषधिले समाधान गर्न सक्दैन । 

तपाईं र तपाईंकी गर्लफ्रेन्डबीच हाल सम्बन्धमा केही तनाव सिर्जना हुन थालेको छैन, त्यसैले यदि तपाईंको प्रयासले अझै काम गरिरहेको छैन भने यो सम्बन्धलाई बिग्रनबाट जोगाउन तपाईंहरू दुवैले खुलेर एक–अर्कासँग कुरा गर्न तथा परामर्श लिन आवश्यक छ । 

तपाईंहरूमध्ये एक जनाको कारणले यौनमा चरम सन्तुष्टि अनुभव हुन नसकेको हो कि दुवै जनाको समस्याले हो, पत्ता लगाउन पनि विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । लामो समयसम्म समस्यालाई कायम राख्दा ग्लानि, हीनताबोध अनि दुई जनाबीचको बुझाइमा कमी आउन थाल्छ र अन्त्यमा सम्बन्ध बिग्रन सक्छ । स्रोत: साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला