कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि हो"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

के ठुलो स्तनले बढी यौन आनन्द दिन्छ ?

३२ श्रावण २०७३, मंगलवार ०७:२८

कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसंग गाँसिएको । 

स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ । स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि । 

पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको विशेष गरेर मुण्टो तथा वरिपरिको भाग (एरोला) यौन सम्वेदनशील हुन्छन् । स्तनको मुण्टोलाई केहीबेर खेलाए पनि यो कडा तथा उठ्ने (उत्तेजित हुने) गर्दछ । यौन प्रतिक्रिया चक्रको प्लेटु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठूलो भएको हुन्छ । स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन । 

तर स्तन केही ठूलो भयो या केही सानो भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होईन । कतिपयलाई बैवाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ । ठूला आकारका स्तन भएका कति महिलाका बैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होईन ।

प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ । -डा. राजेन्द्र भद्रा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार