१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वजन घटाउनुसँगै गर्मीमा आरु खानुका ५ फाइदा, थाहा पाउँदा चकित पर्नुहुनेछ

१८ जेष्ठ २०७९, बुधबार ०८:५३

काठमाडौँ | गर्मीमा आरुको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । धेरै पोषक तत्त्वहरूले भरिपूर्ण आरु स्वास्थ्य सम्बन्धी समस्याहरू हटाउन लाभदायक हुन्छ । आरुमा भिटामिन ए, भिटामिन सी, पोटासियम, जिङ्क, तामा, क्याल्सियम, फाइबर, म्याग्नेसियम र सोडियम जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै समस्याहरू हटाउन फाइदाजनक हुन्छ।


आरुको सेवनले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। यसका साथै पेटसँग सम्बन्धित समस्या पनि हट्छ । यसले आँखाको ज्योति बढाउन पनि मद्दत गर्छ ।

१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

रोग प्रतिरोधी क्षमता बढाउन आरुको सेवन निकै फाइदाजनक मानिन्छ । आरुमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ, जसले शरीरमा एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ। जसले गर्दा प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसका साथै मौसमी रोगबाट बच्न पनि आरुको सेवन लाभदायक हुन्छ ।

२. वजन घटाउन लाभदायक

आरुको सेवन तौल घटाउन निकै फाइदाजनक मानिन्छ । आरुमा क्यालोरीको मात्रा निकै कम हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यदि तौल घटाउन चाहनुहुन्छ भने आरुको सेवन अवश्य गर्नुहोस् ।

३. आँखाको समस्याका लागि

आँखाको समस्याका लागि आरुको सेवन निकै फाइदाजनक मानिन्छ । आरुमा भिटामिन ए को गुण पाइन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्छ। साथै आँखाको समस्या हटाउन पनि फाइदाजनक हुन्छ ।

४. पाचनको समस्या हटाउँछ

पाचन सम्बन्धी समस्याबाट छुटकारा पाउन आरुको सेवन निकै फाइदाजनक मानिन्छ । आरुमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पेटसम्बन्धी समस्यालाई हटाउन मद्दत गर्छ।

५.मुहार सुन्दर बनाउँछ

आरुमा पनि भिटामिन सी को कारण त्वचा सुन्दर हुन्छ । यसमा पाइने भिटामिन सी ले सुर्यको किरणबाट छालालाई बचाउँछ । यसले मुहारको मृत कोशिका हटाउँछ । आरुको गुदी निकालेर महको साथमा अनुहारमा लगाएर आधा घण्टा पछि धुनाले मुहार सुन्दर भएर आउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक