१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यायायमको उचित समय महिला र पुरुषका लागि फरक,कसले कुन समयमा गर्ने?

२२ जेष्ठ २०७९, आईतवार ०६:४१

एजेन्सी | व्यायायम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायायम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायायम समय फरक हुनुपर्छ ।  अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायायम उपर्युक्त हुन्छ । यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए । 


अध्ययनअनुसार बिहानको व्यायायममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकी पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने  अनुसन्धानकर्ताहरू बताउँछन् ।

न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो । सहभागीलाई दुई समुहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरुको शरीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो ।

दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घन्टा व्यायायम गरेका थिए । दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको  थियो । 

अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए । साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए । बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो । 

स्किडमोर कलेजका स्वास्थ्य र मानव शारीरिक विज्ञानका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक प्राध्यापक डा. पल अर्सेरियोले भने, ‘व्यायायमको लागि उत्तम समय भनेको तपाईंले यसलाई गर्न र आफ्नो तालिकामा फिट गर्न सक्ने उत्तम समय हो । ’

अनुसन्धान समूहले बिहानकोे तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो । त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायायममा उनीहरुले बढी बोसो पगाल्न सक्ने अध्धयनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक