कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।

अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।

अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्य"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बृहत् पोखरा सफाइ अभियान सुरु

१ कार्तिक २०७३, सोमबार ०२:३८

कात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ ।

अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । 

सफाइ अभियानको १९औँ हप्ताबाट पोखरा उपत्यका बृहत् सफाइ अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय गर्दै अघि बढाइएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो । 

१९औँ हप्ताको सफाइ अभियान पोखरा–१ स्थित सांस्कृतिक सम्पदाको रुपमा परिचित गाईघाटबाट सुरु गरी झन्डै चार टन फोहरमैला सङ्कलन गरिएको सामाजिक अभियन्ता एवम् टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१ का अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो । 

त्यस्तै २० औँ हप्ताको सफाइ अभियान वडा नं १ स्थित हरिचोकदेखि बागबजार चोक, ट्याक्सी चोक, भीमकाली पाटन हुँदै टुँडिखेलसम्म गरिएको थियो । 

उक्त सफाइ अभियानमा झन्डै सात टन फोहर सङ्कलन गर्दै वडावासीलाई सार्वजनिक स्थलमा फोहरमैला नफाल्न अनुरोध गरिएको नमुना आमा समूहका अध्यक्ष कल्पना बाँस्तोलाले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता