कात्तिक १, काठमाडौँ । मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । 

विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १, काठमाडौँ । मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । 

विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटकीय मौसममै सुनसान छन् – ठमेलका रेस्टुराँ

१ कार्तिक २०७३, सोमबार १०:१५


कात्तिक १, काठमाडौँ । मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । 

विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् । 

राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकमा सिर्जित विभिन्नखाले विपत्तिका कारण पर्यटकको आवागमन कम भएकाले ठमेल क्षेत्रमा असर परेको व्यवसायी बताउँछन् । 

‘थर्ड आई रेस्टुरेन्ट’ का सञ्चालकसमेत रहनुभएका पुराना व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले विगतको तुलनामा यसपटक पर्यटकीय मौसममा पर्यटकको चहलपहल प्रायः सुनसान रहेको बताउनुभयो । 

झन्डै ४० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध श्रेष्ठको अनुभवमा ठमेलमा पर्यटकीय मौसममा यति धेरै सुनसान भएको पहिलोपटक हो । पर्यटकीय मौसमसँगै दसैँ, तिहार, छठलगायत महत्वपूर्ण पर्व पनि पर्ने भएकाले विगतका वर्षमा धेरै पर्यटक आउने गर्थे । अहिले खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक आउने गर्छन् । 

ठमेल पर्यटन विकास परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका व्यवसायी श्रेष्ठले ठमेललाई साँच्चिकै पर्यटकीय क्षेत्र बनाउने हो भने सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने धारणा राख्नुभयो । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल केही बढेको भए पनि व्यापार भने सन्तोषजनक नरहेको बताउनुभयो । 

पर्यटन बजार र पर्यटकीय प्रोडक्टबारे राम्रो प्रचारप्रसार नभएकै कारण पर्यटकको चहलपहल बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो । 

ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी रहेको बताइन्छ । यहाँ प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाखले रोजगारी पाएका छन् । ठमेलमा नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये ८० प्रतिशत पर्यटक पुग्ने गरेको परिषद्ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का