कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ "/>
२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा

३ कार्तिक २०७३, बुधबार ०६:१२

कात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । 

मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो । 

दोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटकको सङ्ख्या घटेर शून्य अवस्थामा झरेको थियो । भूकम्पका कारण ठूलो भौतिक क्षति बेहोरेको जिरी अहिले बिस्तारै पुनःनिर्माणका साथ पुरानो लयमा फर्कंदैछ । 

केही साताअघिदेखि मात्र मौसममा सुधार आएपछि जिरी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि आएको हो । देशका विभिन्न क्षेत्रबाट जिरीमा आउने पर्यटकको पहिलो गन्तव्य जिरीको फिसिङ फार्म बन्ने गरेको पाइएको छ । 

भूकम्पअघिसम्म जिरी आउने पर्यटकका लागि मुख्य आकर्षक गन्तव्य जिरी प्राविधिक शिक्षालय, पशु विकास फार्म, जिरी, जिरेश्वर मन्दिर लगायतका ठाउँ पर्ने गरेकामा अहिले जिरी आउने पर्यटकको नयाँ गन्तव्यका रुपमा फिसिङ फार्म र चारसय आठ खुड्किला माथिको रमिते डाँडा पनि थपिएको छ । 

फिसिङ फार्म सञ्चालक बाबुराजा श्रेष्ठका अनुसार दैनिक ५० देखि ७० जनाको हाराहारीमा आन्तरिक पर्यटकले फिसिङ फार्मको अवलोकन तथा भ्रमण गर्ने गरेका छन् । फिसिङ फार्ममा माछा मार्न पाइने र माछा खान पाइने भएकाले पर्यटकको जिरी बसाइलाई लम्ब्याउनुका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने