ललित  बोहरा/१२ मंसिर डडेल्धुरा  । डडेल्धुराको अमरगढी ७ पोखरामा अवस्थित रावलतोली शिव कुटी धाममा भगवान शिवको १०८ फिट अग्लो मुर्ती निर्माणका लागी पहल शुरु गरिएको छ । उग्रतारा भग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित  बोहरा/१२ मंसिर डडेल्धुरा  । डडेल्धुराको अमरगढी ७ पोखरामा अवस्थित रावलतोली शिव कुटी धाममा भगवान शिवको १०८ फिट अग्लो मुर्ती निर्माणका लागी पहल शुरु गरिएको छ । उग्रतारा भग"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

रावलतोली शिवकुटी धाममा भगवान शिवको विशाल मुर्ती निर्माण गरिदै

१२ मंसिर २०७३, आईतवार १६:०१

ललित  बोहरा/१२ मंसिर डडेल्धुरा  । डडेल्धुराको अमरगढी ७ पोखरामा अवस्थित रावलतोली शिव कुटी धाममा भगवान शिवको १०८ फिट अग्लो मुर्ती निर्माणका लागी पहल शुरु गरिएको छ । उग्रतारा भगवती मन्दिराको गुठी जमिनमा भगवान शिवको बिशाल मुर्ती निर्माण गरिन लागेको हो । रावलतोली गुफा शिवकुटी सरंक्षण क्षेत्र विकास समितीको पहलमा मुर्ती निर्माण गरिन लागेको हो । बिशाल मुर्ती निर्माणका लागी अमगढी ६,७ र ८ का स्थानिय लागी परेका छन । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक रुपमा रहेको रावलतोली गुफा शिवकुटि धामको संरक्षण, सम्बद्ध्र्रन तथा विकास लागी विशाल मुर्ती निर्माणमा जुटेको समितीका अध्यक्ष शुरेन्द्र साँकीले बताए । प्रशिद्ध उग्रतारा भगवतीको पुजा आराधना एवं मेलाको समयमा दुमडा, छचोडा, खनमडा र जिलोडा बाट मन्दिरमा ल्याईने भगवतीको डोली देउरोमा रावलतोली शिवकुटी क्षेत्रमा लगाईईएका फुलको माला चढाईने गरिन्छ । शिव मन्दिर, रावलतोली गुफा रहेको रावलतोली शिवकुटी क्षेत्रमा निर्माण गरिने १०८ फिट अग्लो विशाल भगवान शिवको मुर्तीले आन्तरिक तथा बाह्य पर्यटक समेत भित्रिने स्थानिय केशव भट्टराईले बताए । 
मुर्ती निर्माणका लागी डडेल्धुरा–बैतडी राजमार्ग पोखरा बजार नजिक बाट रावलतोली गुफा शिवकुटी सम्म सडक निर्माण गरि शिव कुटी माथि डाडामा मैदान बनाई जग समेत कोरिएको छ । दुमडा बाट उग्रतरा भगवती मन्दिरमा पुजा आजाका समयमा ल्याईने देउरो डोली ल्याउने बाटो पोखरा बजारको पश्चिम तर्फको बाटोलाई उग्रतारा मन्दिरको फेद रातागौन सम्म पु¥याईएको छ । अहिले सम्म कुनै पनि स्थानिय निकाय, संघ, संस्था, व्यक्तिबाट आर्थिक सहयोग उपलब्ध नभएको रावलतोली गुफा शिवकुटी धाममा भगवान शिवको मुर्ती निर्माणका लागी सहयोग जुटाउन थालिएको छ । आउदै गरेको शिवरात्रि पर्वको अवसरपारी शिलान्यास गरिने रावलतोली गुफा शिवकुटी धाम सरंक्षण क्षेत्र विकास समिती अध्यक्ष शुरेन्द्र साँकीले बताए । एक करोड लागत लाग्ने अनुमान गरिएको मुर्तीको निर्माण कार्य एक बर्ष भित्र सम्पन्न गरि सक्ने लक्ष्य लिएको अध्यक्ष साँकीले जानकारी दिए । 

    डडेल्धुराको प्रशिद्ध उग्रतारा भगवतीको पुजा आजा पछि रावतोली शिव कुटी धामको दर्शन बिना भक्ति आराधना अधुरो मानिने जानकारहरुले बताउने गरेका छन । उग्रतारा भगवतीलाई भगवान शिवको बहिनीका रुपमा लिईन्छ । हिन्दु धर्ममा भगवान शिवलाई सृष्टि कर्ताका रुपमा हेरिन्छ । त्यस कारण पनि भगवान शिवको पुजा आराधना बिना अन्य देविदेवताको पुजा आराधना अधुरो मानिन्छ । 
सरंरक्षणको अभवाममा रहेको रावलतोली गुफा सरंक्षणका लागी पनि पहल चालिने छ । रावलतोली गुफाबाट उग्रतारा, शैलेश्वर महादेव, कोलासमैजी र कालापत्थर जाने बाटो रहेको बुढापाकाहरुले बताउने गरेका छन । गुफाको निकै ठुलो धार्मीक, सांस्कृतिक एवं ऐतिहांसिक महत्व रहे पनि यसको संरक्षण सम्बद्र्धन तर्फ कसैको ध्यान जान सकेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा