ललित  बोहरा/१२ मंसिर डडेल्धुरा  । डडेल्धुराको अमरगढी ७ पोखरामा अवस्थित रावलतोली शिव कुटी धाममा भगवान शिवको १०८ फिट अग्लो मुर्ती निर्माणका लागी पहल शुरु गरिएको छ । उग्रतारा भग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित  बोहरा/१२ मंसिर डडेल्धुरा  । डडेल्धुराको अमरगढी ७ पोखरामा अवस्थित रावलतोली शिव कुटी धाममा भगवान शिवको १०८ फिट अग्लो मुर्ती निर्माणका लागी पहल शुरु गरिएको छ । उग्रतारा भग"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

रावलतोली शिवकुटी धाममा भगवान शिवको विशाल मुर्ती निर्माण गरिदै

२०७३, १२ मंसिर आईतवार १६:०१

ललित  बोहरा/१२ मंसिर डडेल्धुरा  । डडेल्धुराको अमरगढी ७ पोखरामा अवस्थित रावलतोली शिव कुटी धाममा भगवान शिवको १०८ फिट अग्लो मुर्ती निर्माणका लागी पहल शुरु गरिएको छ । उग्रतारा भगवती मन्दिराको गुठी जमिनमा भगवान शिवको बिशाल मुर्ती निर्माण गरिन लागेको हो । रावलतोली गुफा शिवकुटी सरंक्षण क्षेत्र विकास समितीको पहलमा मुर्ती निर्माण गरिन लागेको हो । बिशाल मुर्ती निर्माणका लागी अमगढी ६,७ र ८ का स्थानिय लागी परेका छन । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक रुपमा रहेको रावलतोली गुफा शिवकुटि धामको संरक्षण, सम्बद्ध्र्रन तथा विकास लागी विशाल मुर्ती निर्माणमा जुटेको समितीका अध्यक्ष शुरेन्द्र साँकीले बताए । प्रशिद्ध उग्रतारा भगवतीको पुजा आराधना एवं मेलाको समयमा दुमडा, छचोडा, खनमडा र जिलोडा बाट मन्दिरमा ल्याईने भगवतीको डोली देउरोमा रावलतोली शिवकुटी क्षेत्रमा लगाईईएका फुलको माला चढाईने गरिन्छ । शिव मन्दिर, रावलतोली गुफा रहेको रावलतोली शिवकुटी क्षेत्रमा निर्माण गरिने १०८ फिट अग्लो विशाल भगवान शिवको मुर्तीले आन्तरिक तथा बाह्य पर्यटक समेत भित्रिने स्थानिय केशव भट्टराईले बताए । 
मुर्ती निर्माणका लागी डडेल्धुरा–बैतडी राजमार्ग पोखरा बजार नजिक बाट रावलतोली गुफा शिवकुटी सम्म सडक निर्माण गरि शिव कुटी माथि डाडामा मैदान बनाई जग समेत कोरिएको छ । दुमडा बाट उग्रतरा भगवती मन्दिरमा पुजा आजाका समयमा ल्याईने देउरो डोली ल्याउने बाटो पोखरा बजारको पश्चिम तर्फको बाटोलाई उग्रतारा मन्दिरको फेद रातागौन सम्म पु¥याईएको छ । अहिले सम्म कुनै पनि स्थानिय निकाय, संघ, संस्था, व्यक्तिबाट आर्थिक सहयोग उपलब्ध नभएको रावलतोली गुफा शिवकुटी धाममा भगवान शिवको मुर्ती निर्माणका लागी सहयोग जुटाउन थालिएको छ । आउदै गरेको शिवरात्रि पर्वको अवसरपारी शिलान्यास गरिने रावलतोली गुफा शिवकुटी धाम सरंक्षण क्षेत्र विकास समिती अध्यक्ष शुरेन्द्र साँकीले बताए । एक करोड लागत लाग्ने अनुमान गरिएको मुर्तीको निर्माण कार्य एक बर्ष भित्र सम्पन्न गरि सक्ने लक्ष्य लिएको अध्यक्ष साँकीले जानकारी दिए । 

    डडेल्धुराको प्रशिद्ध उग्रतारा भगवतीको पुजा आजा पछि रावतोली शिव कुटी धामको दर्शन बिना भक्ति आराधना अधुरो मानिने जानकारहरुले बताउने गरेका छन । उग्रतारा भगवतीलाई भगवान शिवको बहिनीका रुपमा लिईन्छ । हिन्दु धर्ममा भगवान शिवलाई सृष्टि कर्ताका रुपमा हेरिन्छ । त्यस कारण पनि भगवान शिवको पुजा आराधना बिना अन्य देविदेवताको पुजा आराधना अधुरो मानिन्छ । 
सरंरक्षणको अभवाममा रहेको रावलतोली गुफा सरंक्षणका लागी पनि पहल चालिने छ । रावलतोली गुफाबाट उग्रतारा, शैलेश्वर महादेव, कोलासमैजी र कालापत्थर जाने बाटो रहेको बुढापाकाहरुले बताउने गरेका छन । गुफाको निकै ठुलो धार्मीक, सांस्कृतिक एवं ऐतिहांसिक महत्व रहे पनि यसको संरक्षण सम्बद्र्धन तर्फ कसैको ध्यान जान सकेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन