नन्द बहादुर रोकाया/फागुन ५, मुगु । मुगु जिल्लामा रहेको चंखेली हिमालको प्रवद्र्धनका लागी पदयात्रा गरिएको छ । 

स्थानिय शान्ती समिती मुगको आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/फागुन ५, मुगु । मुगु जिल्लामा रहेको चंखेली हिमालको प्रवद्र्धनका लागी पदयात्रा गरिएको छ । 

स्थानिय शान्ती समिती मुगको आयोजन"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

चंखेली हिमालको प्रबर्द्धनका लागी पदयात्रा

५ फाल्गुन २०७३, बिहीबार ०६:०७


नन्द बहादुर रोकाया/फागुन ५, मुगु । मुगु जिल्लामा रहेको चंखेली हिमालको प्रवद्र्धनका लागी पदयात्रा गरिएको छ । 

स्थानिय शान्ती समिती मुगको आयोजनामा  जिल्ला स्थित सरोकारवाला निकायहरुलाई चंखेली हिमाल सम्मको पदयात्रा गराईएको हो । रुगा गाबिस वडा नं ६ स्थित मुगु जिल्लाको पर्यटकिय सम्भावन बोकेको  चंखेली हिमालको प्रवद्र्धन तथा  प्रचारप्रसारका लागी सरोकारवाला निकायहरुको समन्यमा पदयात्रा भएको छ । 

पदयात्रा मगलबार  बिहान १० बजेबाट शुरु भएकोमा हिजो दिउँस १२ बजे चंखेली हिमालमा पुगी  राष्ट्रिय झण्डा गाडिएको छ । स्थानिय शान्ती समिती मुगुको गएको माघ २८ गते बसेको बैठकको निर्णय अनुसार जिल्लामा रहेका राजनितिक दल, नागरिक समाज, पत्रकार, शिक्षाप्रेमी तथा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधीहरुलाई पदयात्रा गराईएको हो ।

जिल्लाको रुगा गाविसमा रहेको चंखेली हिमालको प्रवद्र्धन तथा सरोकारवाला निकायहरुकोे समन्वयमा बृद्धि गर्ने उदेश्यका साथमा पदयात्रा गरिएको स्थानिय शान्ती समिती मुगुका शाखा अधिकृत मदन रावलले बताउनुभयो ।  

नेपाली १ रुपियाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको छ । हुम्ला र मुगु जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल कर्णाली अञ्चलकै ठूलो हिमालका रूपमा लिइन्छ ।

सदरमुकाम आसपासमा रहेका पर्यटकीय स्थान रारा, चंखेली र छायानाथ तीर्थस्थल मुगुका मौलिक एवं प्राकृतिक गहनाका रूपमा रहेको चंखेली हिमालको बेवास्ताका कारण पर्यटकीय स्थान भएर पनि पर्यटकका लागि अपरिचित भएको बखतमा प्रवद्र्धन तथा प्रचारप्रसारका लगाी पदयात्रा गरिएको स्थानिय शान्ती समिती मुगुका शाखा अधिकृत रावलको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन