(भोजेन्द्र बस्नेत) | चैत २३, सोलुखुम्बु | समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (भोजेन्द्र बस्नेत) | चैत २३, सोलुखुम्बु | समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

आकर्षक सुटिङस्थल बन्दै सोलुखुम्बुको पत्तालेडाँडा

२३ चैत्र २०७३, बुधबार ०५:२२

(भोजेन्द्र बस्नेत) | चैत २३, सोलुखुम्बु | समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि पनि राम्रो मान्न थालिएको छ । 

मौसम खुलेको बेलामा चिसो हावासँगै मोहित पार्ने हिमशृङ्खलाको दृष्यसँगै घुम्न मात्र होइन, विभिन्न कथामा बन्ने चलचित्र तथा भिडियो समेत निर्माणका लागि समेत उपयुक्त थलो रहेको चलचित्रकर्मी बताउँछन् । 

एक महिनादेखि ‘स्वर्ग मेरो गाउँ’ चलचित्रको सुटिङ युनिट सोलुखुम्बुको पत्तालेमा छ । उनीहरुले चलचित्रको ९० प्रतिशत सुटिङ पत्ताले र आसपासका क्षेत्रमा गरिसकेका छन् । अन्तिम गीतको छायाङ्कनमा ब्यस्त भएको चलचित्र युनिट अनुकूल मौसमबाट मोहित भएको प्रतिक्रिया दिन्छन् । चलचित्रकी नायिका भावना गुरुङले अब बन्ने चलचित्र तथा म्युजिक भिडियोका लागि पनि पत्तालेलाई सिफारिस गर्ने बताउनुहुन्छ ।

चलचित्रका निर्माता र निर्देशक रामकृष्ण बजगाईंले निर्माणाधीन चलचित्रको कथा समेत आफँैले तयार पार्नुभएको हो । चलचित्रले स्वर्ग नेपालमै भएको सन्देश दिने अपेक्षा उहाँले गर्नुभएको छ । बजगार्इं यहाँ अझै आधादर्जन कथामा चलचित्र छायाङ्कन गर्न सकिने सम्भावना दर्शाउनुहुन्छ । चलचित्रमा भावना गुरुङ र नरेन खड्कालगायतका दर्जनौँ कलाकर्मीले अभिनय गरेका छन् । 

नायक नरेन खड्का पत्तालेलाई सुटिङ हबको रुपमा विकास गर्न सकिने सम्भावना भएको बताउनुहुन्छ । सो डाँडामा यसअघि पनि केही गीतको म्युजिक भिडियो छायाँङ्कन गरिसकिएको छ । 

स्थानीय निकायले समेत पत्तालेलाई पर्यटन विकासको आशलाग्दो क्षेत्रको रुपमा लिएको अवस्थामा त्यस क्षेत्रको विकासका लागि स्थानीयको मत पनि एक देखिएको छ । 

स्थानीय अगुवा प्रकाश मगर पत्तालेमा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना रहेकाले विकासका लागि आशलाग्दो प्रयास भइरहेको बताउनुहुन्छ । सगरमाथासहित आठ हजारभन्दा माथिको उचाइ भएका करिब आधादर्जन हिमाल देख्न सकिने भएकाले पनि पत्तालेले धेरैलाई आकर्षण गरिरहेको छ । 

सो क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी पक्षले बेलैमा ध्यान दिनसके त्यस भेगका नागरिकलाई मात्र होइन, समग्र नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ