२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

५ पुष २०७७, आईतवार ०८:०५

किरण पौड्याल । पुस ५, इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय÷रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ । 

यो झरना जान लामो बाटो हिँड्नु नपर्ने र मोटरबाटै पुगेर फर्किन सकिन्छ । यसैले पनि यो पर्यटकीय जिल्लाभित्रै पर्यटकका लागि भ्रमण क्षेत्र बनेको छ । एकै ठाउँ दुई वटा झरना, उत्रै र उस्तै, अनि सदाबहार झरिरहने । यसैले पनि धेरैको मन चोर्छ । जिल्लाकै अर्को झरना टोड्के झरना सदरमुकामबाट टाढा छ । केही विकट र कच्ची बाटो । त्यही झरना हेर्ने धोको पूरा गर्न पनि कतिपय पर्यटक दिदीबहिनी झरना पुग्छन् । दिदीबहिनी झरना पुग्न सरमुकामबाट करिब २० किमी मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किमी कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ ।

पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचारप्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो । जिल्ला बाहिरकाको त कुरै छोडौँ जिल्ला भित्रका धेरैले पनि भर्खरै मात्र यो झरनाका बारेमा थाहा पाउँदै गएका छन्  । अहिले बिदाको दिन झण्डै २०० र अन्य दिनमा २५ जनाको सङ्ख्यामा आन्तरिक पर्यटक झरना अवलोकनमा आउन थालेको दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राईले बताउनुभयो ।

राईका अनुसार पछिल्लो समय सूर्योदय, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ र सन्दकपुर गाउँपालिकाका पर्यटक आउने गरेका छन् । उहाँले नजिकैको दूरीमा दुई झरना भएकैले दिदीबहिनी झरना नामकरण गरिएको हो । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृश्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । यसले पनि पर्यटकलाई आकर्षित गराउनमा सहयोग गरेको बताइएको छ । 

 कुहिरोसँग लुकामारी खेल्ने यी दिदीबहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमनसँगै स्थानीयवासी हर्षित भएको अध्यक्ष राईले जानकारी दिनुभयो । झरना नजिकै स्थानीय परिकार खानपिन उपलब्ध गराउने भावी योजनासमेत रहेको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा टिमुर, चिमफिङ्ग, वनसुपारी, चिराइतोलगायत गरी २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुन सक्छ । गएको दुई आर्थिक वर्षमा साविक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले रु २० लाख, प्रदेशको रु १० लाख आर्थिक सहयोग र स्थानीयको रु छ लाख गरी रु ३६ लाखको लगानीबाट रेलिङसहितको पदमार्ग, हावा घर (बिसाउनी स्थल)  लगायतको निर्माणसँगै सौन्दर्य अभिवृद्धि गर्ने काम गरिएको छ ।

थप स्तरोन्नितका लागि भर्खरै सङ्घीय सरकारले पठाएको टोलीले “महभीरको दिदीबहिनी झरना क्षेत्रको विस्तृत अध्यन प्रतिवेदन” तयार पार्नका लागि आफ्नो कार्य सकाएर फर्किएको अध्यक्ष राईले जानकारी दिनुभयो । पछिल्लो समय झरना नजिकै आकर्षक गुफा रहेको स्थानीयवासीले बताउँदै आएका छन् । पहिलेदेखि नै गुफाको बारेमा जानकारी नभए पनि प्रचारप्रसार अभावले चिनाउन नपाएकाले पछिल्लो समय स्थलगत अवलोकनसमेत गरिएको स्थानीय सोम सुनुवार बताउनुहुन्छ । एक वृद्धको भनाइलाई आधार बनाउँदै हेर्न जाँदा गुफा फेला परेको सुनुवारको भनाइ  छ । “गुफा कति ठूलो छ पत्ता छैन । हामीले नै पहिलोचोटि हेरेका हौँ”, सुनुवारले भन्नुभयो, “नामजाँच गर्नुपर्ने देखिन्छ । अनि प्रचारप्रसारको अभाव छ ।” गुफाको प्रचारप्रसार गर्न सके दिदीबहिनी झरना आउनेको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको अनुमान छ । पछिल्लो समय झरनाको उचाइ पत्ता लागेको समेत स्थानीयले बताए । ठूलो (दिदी) झरनाको उचाइ ६८ फिट र सानो (बहिनी) ५८ फिट रहेको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह