मङ्सिर २६, काठमाडौँ | होटल संघ नेपालले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल गर्न माग गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । उक्त अवसरमा विशेष गरी कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न विभागलाई आग्रह गरेको छ ।
त्यस्तै, वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको प्रति संघले आपत्ति जनाएको छ । पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरुलाई सान्दर्भिक नदेखिएकोले यो परिस्थितिमा यस प्रकारको नियम हटाउन माग समेत गरेको छ ।