२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

चुलाचुली गुफा ओझेलमा

३ माघ २०७८, सोमबार ०९:२५

माघ ३, भोजपुर | भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ । यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गा  खोलाका बगर झै कुदिएका छन् । दलगाउँको दिपेनीमा रहेको यो  गुफाभित्र महादेवको मूर्ति रहेको स्थानीयवासीको भनाइ छ । 

स्थानीयवासी हरिबहादुर राईले भन्नुभयो,‘‘परापूर्व कालदेखि नै यो ठाउँका ढुङगा यस्तै छन् । यो एउटा धार्मिकस्थल हो । यहाँको गुफाभित्र शिवको मूर्ति पनि छ ।’’दुर्गम तथा प्रचारप्रसार नभएको कारण यो स्थान ओझेलमा परेको राईको भनाइ छ । ‘‘यस्तो प्रकारका अनांैठो धार्मिकस्थल नेपालमा कमै होलान् । हेर्न आउने यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्ममा परेर हामीलाई सोध्छन्”, राईले भन्नुभयो,‘‘यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’’ 

यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने स्थानीयवासी शान्तकुमार राईले  बताउनुभयो । अहिले दैनिक रुपमा दुई समूह मानिस आउने गरेको उहाँको भनाइ छ । राईले भन्नुभयो,‘‘यो ठाउँ निकै सुन्दर र अनौंठो प्रकारको छ । अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका छन् । हामी स्थानीयवासीले दैनिक रुपमा पूजाआजा गर्दै आएका छौँ ।’’

गाउँपालिकाले यो धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवदेन तयार गरेर काम गरिरहेको जनाएको छ । यसलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो । राईले भन्नुभयो,‘‘यहाँको ढुङ्गाको बनावटले सबैलाई अचम्म पार्छ । अहिले यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको छ ।’’ संरक्षण तथा सुरक्षाको लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेराबार गरिरहेको छ । यसलाई थप व्यवस्थित गरेर लैजाने तयारीका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।  उपाध्यक्ष राईले भन्नुभयो,‘‘यस क्षेत्रको निकै ठूलो धार्मिक महत्व छ । यो ठाउँ ओझेलमा थियो तर जनप्रनिधि आएपछि स्थानीयवासीको चाहना अनुसार यो ठाउँको विकासमा जुटेका छौँ ।’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’