२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान

२०७८, १२ माघ बुधबार ०९:३२

माघ १२, मङ्गलबारे | पर्यटकीयस्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । इलामको रोङ गाउँपालिका– ६ स्थित करसोङ पदमार्ग गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल .भएको हो ।

सो पर्यटकीयस्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । तराईसँग नजिकै रहेको करसोङ पदमार्गमा प्याराग्लाइडिङको आनन्द लिन पाउने भएपछि विशेष गरी वडामा पर्यटक भित्रिने भन्दै यसले थप हौसला थपेको रोङ–६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बोले बताउनुभयो । 

उहाँले पदमार्गमा पर्यटकको सङ्ख्या वृद्धि हुन सुरु हुँदै नयाँ आनन्द लिन पर्यटकले पाउने भएपछि उत्साह थपिएको बताउनुभयो । झापाको तिरिङ– इलामको पाटापुर– लाङ्केप–सलकपुर– झण्डि–हुँदै हाँस पोखरी हर्कटेबाट इलामको अर्को पर्यटकीय स्थान कन्याम जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको बताइएको छ । पर्यटकीय क्षेत्र झण्डिडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिएको थियो । 

रोङ–६ को झण्डिडाँडाबाट बालविकास आधारभूत विद्यालय झापाको मेचीनगर– १ सम्म प्याराग्लाइडिङ परीक्षण उडान गरिएकामा सफल भएको वडाध्यक्ष स्याङ्बोले बताउनुभयो । यस उडानले झापालगायतका बासिन्दालाई नजिकैबाट नै यसको आनन्द लिन मिल्ने भएपछि खुसी थपिएको बताइएको छ ।

परीक्षण उडानपछि अब व्यावसायिक उडान गरिने छ । यसका लागि गाउँपालिकाले समेत पहल सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानबाट समेत यसअघि परीक्षण उडान सम्पन्न भएका छन् । व्यावसायिक उडान भने खासै हुन सकेको छैन । यसै वर्षदेखि कन्यामबाट यसको सुरुआत भने भएको छ । साथै झण्डीडाँडाबाट यसको परीक्षण उडानपछि व्यावसायिक उडान सुरु हुने जिल्लावासीले आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल