2026-09-18 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रमोदको ‘गाईदेउन गीत ए कान्छा’ सार्वजनिक (भिडियो)

चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको वागवजारस्थित सिटि म्याक्समा मंगलवार युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा लोपन्मुख नेपाली वाजा मुर्चुङ्गालाई विशेष प्राथमिकतामा प्रस्तुत गरिएको छ ।

खोटाङको साहित्यक क्षेत्रमा अब्बल मानिने अर्खौले १० का गीतकार श्रेष्ठको रचनालाई टंक बुढाथोकीले संगीत भरेका छन् भने, नेपालका चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् ।  

मिलन बुढाथोकी निर्माता रहेको गीतलाई काठमाण्डौ लाजिम्पाटमा छायाङकन गरिएको हो । भिडियोलाई गम्भीर विष्टले कम्पोज गरेका छन् । अस्मिता बुढाथोकीले अभिनय गरेको म्युजिक भिडियोलाई यो समाचार तयार पार्दासम्म ९ हजार ७ सय ४० जनाले हेरीसकेका छन् । २४ घण्टा नपुग्दै भ्यु संख्या दश हजार हाराहारीमा पुगेको हो ।  

यसअघि ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतवाट चर्चा कमाएका श्रेष्ठले नेपाली गीति लेखनमा अदभुत क्षमता देखाउँन थालेका छन् । उनले लेखेका गीतहरु एकाएक गर्दै विभिन्न सञ्चार माध्यममा हिट भईरहेको छ । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई