२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा लोकगीतमै ६ लाख लगानी ! बल बहादुरको ‘फूल जस्तै’ सार्वजनिक (भिडियो सहित)

२०७६, २३ बैशाख सोमबार १७:५१

बैशाख २३, काठमाडौँ | गायक बलबहादुर गुरुङको प्रस्तुतीमा लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ आज सार्वजनिक भएको छ । उक्त भिडियो बिबि गुरुङको अफिसियल युटुव च्यानलबाट आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ भने गायक बल बहादुर गुरुङलाई ख्यातिप्राप्त गायिका विष्णु माझिको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा कोरस स्वर गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाबुकृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको रहेको छ । 

मौसम हिमालीको निर्देशनमा निर्माण भएको भिडियोमा ख्यातिप्राप्त नायक श्याम घिमिरे र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको छ । श्याम घिमिरे लामो बर्षपछि लोकगीतको भिडियोमा फर्किएका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिकले गरेका छन् । 

उत्कृष्ट कोरस प्रस्तुति सहित ठूलो लगानीमा बनेको यो गित करन चैसिरको छायांकनमा बनेको हो भने प्रविन भट्टले सम्पादन गरेका हुन् । लामो समय पछि ‘फूल जस्तै’मा नृत्य गरेर पुन: लोकगीतमा फर्किएका नृत्यकार श्याम घिमिरेले आफूले निकै राम्रो गीत भएकोले यो गीतमा आफूले अभिनय गरेको बताएका छन् ।  उनले भने -'लोक गीतको युग बदलिएछ, लोकगीतको भिडियो सुटिङ गर्दा ठूलो पर्दाको सिनेमामा सुटिङ गरेजस्तै अनुभव भएको बताए ।' 


भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक बल बहादुर गुरुङले यो गीतको भिडियो सार्वजनिक गर्दासम्म लगभग ६ लाख खर्च भएको बताए । उनले भने 'यो गीतले मागे जति कुरा दिने क्रममा खर्च केहि बढेको छ । यो गीतको कथावस्तुले खोजेको कुराहरु दिन खोजेका छौं ।' 

हेर्नुस् कस्तो बनेको छ 'फूल जस्तै' – भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा