असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रेस"/>

२२ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अनलाइन निर्देशिका संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन

७ असार २०७३, मंगलवार १२:४४

असार ७, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन्दै मंगलबार महासङ्घले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गरेलगत्तै मन्त्री राईले सो कार्यदल गठन गरेका हुन् ।

मन्त्री राईले संविधानको भावना र प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले कुनै निर्णय लिने कुरा सोच्न नसकिने बताउँदै सम्बन्धित क्षेत्रको रायका आधारमा दुई दिनभित्र परिमार्जन गरेर निर्देशिका कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घका अध्यक्ष महेन्द्र विष्टले संविधानविपरीत सञ्चारसम्बन्धी कुनै निर्देशिका नल्याउन तथा अनलाइन मिडियालाई स्वनियम गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित तीन संसदीय समितिको बैठक आज बस्दै आज विश्व क्यान्सर दिवस, आजदेखि किशोरीहरूलाई क्यान्सरविरुद्धको खोप दिइँदै अमेरिकाले स्थगित गर्यो क्यानडा र मेक्सिकोमा कर लगाउने निर्णय महिला टी-२०: नेपालले आफ्नो चौथो खेल आज थाइल्याण्डसँग खेल्दै आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस आजको मौसम : देशको यी भूभागमा हल्का वर्षाको सम्भावना चितवनमा रविसहित १४ जना विरुद्ध भोलि मात्रै मुद्दा दर्ता हुने मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी ‘नो केबुलकार समूह’ले गठन गर्यो सरकारसँग वार्ता गर्न समिति राष्ट्रपतिद्वारा न्याय परिषद्को सदस्यमा खड्कालाई गरियो नियुक्त माओवादी केन्द्रले गर्यो प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर महिला टी–२०: नेदरल्यान्ड्स थाइल्यान्डसंग १७ रनले पराजित नेप्से परिसूचक सामान्य अंक बढ्यो, कारोबार रकम ११ अर्ब ८७ करोड पार्टीभित्र एकता भए बहुमत प्राप्त गर्न सकिन्छ : देउवा नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक उत्तरी सिरियामा कार बम विष्फोट हुँदा १५ जनाको मृत्यु अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु चितवनमा आज रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै