२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन

२७ आश्विन २०८२, सोमबार १५:२१

काठमाडौँ | हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वाटर हेटाँैडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरुद्वारा प्रस्तुत अन्तिम दलेल कवाज प्रदर्शनको निरीक्षण गर्नाका साथै तालिमका उत्कृष्ट नवप्रवेशी सैनिक जवानहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्नुहुँदै पृतनापति उपरथी पाठकले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो मात्र देश बलियो हुने बताउनुभयो । “राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक हो”, उपरथी पाठकले भन्नुभयो, “तालिम प्राप्त गरी सेना प्रवेश गर्नुभएका तपार्इंहरु सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्नुहोला ।”

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध रहेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति कमाइरहेको चर्चा गर्नुहुँदै उहाँले नयाँ पुस्ताले पनि यसलाई अनुशरण गरेर नविनतम सोच, भविष्यमा आउन सक्ने खतराको मूल्याङ्कन गर्ने क्षमताको विकास गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा सैन्य आधार तालिममा सहभागी एक सय सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका नवप्रवेशी सैनिक जवानलाई उपरथी पाठकले पुस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस