४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने, ‘वर्क परमिट’ र रेजिडेन्सी बिना काम गर्न सकिने

३ बैशाख २०८०, आईतवार १०:४१

बैशाख ३, कायरो | साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसा कार्यक्रम ल्याएको छ । यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिने बताइएको छ । 

भिसा जारी गर्ने साउदीको 'क्वीवा'का अनुसार यो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन् । तीन महिनाको समय सकिएपछि आवश्यकताअनुसार फेरि त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइने छ । क्वीवा मानव संसाधन मन्त्रालय अन्तर्गत श्रम क्षेत्रका विभिन्न सेवाहरु प्रदान गर्ने विद्युतीय प्लेटफर्म हो । 


यो भिसा पाउन रोजगारदाता वा क्वीवाका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्छ । यो भिसामार्फत छोटो समयको कामदार मगाउन चाहने कम्पनी व्यावसायिक रुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय रहेको हुनुपर्ने उल्लेख छ ।

अस्थाइ कामदार भिसा लिएका विदेशी श्रमिकलाई इकामा लिनुपर्ने आवश्यकता हुँदैन । यस्तै यो भिसा भइसकेपछि काम गर्नको लागि 'वर्क परमिट' र रेजिडेन्सीको आवश्यक पनि नपर्ने गल्फ न्युजले लेखेको छ । यो भिसाको लागि अनलाइन निवेदन दिएको लगत्तै भिसा जारी हुन्छ । यसमा थप ‘डकुमेन्टेशन’को आवश्यकता पर्दैन ।

साउदीले यसलाई एउटा कार्यक्रमकै रुपमा लिएको छ । साउदीमा सञ्चालित निजी कम्पनीहरुलाई तत्कालै छोटो समयको लागि विदेशी कामदार चाहिए भर्ति गर्न सजिलो होस् भन्ने हेतुले यो कार्यक्रम ल्याइएको हो ।

यस्तै, यो कार्यक्रमले साउदीकरणको अभियान (निताकत)मा फरक नपार्ने बताइएको छ । साउदीले पछिल्लो समय आफ्नै त्यहीँको नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता दिन थालेको छ । यो भिसा कार्यक्रमले त्यो अभियानमा कुनै फरक नपार्ने जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता